८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon

वन वनस्पति र वन्यजन्तु संरक्षण हामी सबैको दायित्व

वन वनस्पति र वन्यजन्तु संरक्षण हामी सबैको दायित्व : अधिकृत यादव

  • दिनेश चौधरी
  •     (७ महिना अघि)
  • पाठक संख्या २०५
  • बेलाैरी, कञ्चनपुर -

    वन वनस्पति र वन्यजन्तु संरक्षण गर्नु हामी सबैको दायित्व रहेको कुण्डा डिभिजन वन कार्यालय कञ्चनपुर अधिकृत दिनेश कुमार यादवले बताए ।

    साेमबार बेलाैरी ५ सुदर्शनपुरमा वन वनस्पति र वन्यजन्तु संरक्षणमा सराेकारवालाहरुकाे भूमिका विषयक खुल्ला अन्तरक्रियात्मक रेडियो कार्यक्रम नागरिक सुनुवाइमा बाेल्दै अधिकृत यादवले यस्तो बताएका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका यादवले जैविक पर्यावरणकाे संरक्षण संगै वन्यजन्तु र मानव विच द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व कायम गर्नु पर्ने कुरामा जाेड दिए ।, अधिकृत यादवले - "वन डढेलाेले वनस्पति वन्यजन्तुमा मात्रै नभइ मानव स्रोत साधन र जीवनकाे समेत अस्तित्व संकटमा पर्ने बताए ।, यसका लागि सराेकारवाला सबैले जनचेतना फैलाउनुकाे विकल्प नभएको उनको कथन छ ।

    स्थानीय सराेकारवाला बाट उठेका प्रश्न र जिज्ञासाहरुकाे समेत जवाफ दिदै डिभिजन वन अधिकृत यादवले याे कार्यक्रम निकै महत्त्वपूर्ण एवम् प्रभावकारी रहेकाले बताए ।, उनी भन्छन् "- यस ठाउँमा यस्तो कार्यक्रममा पहिलोपटक सहभागी हुने अवसर पाउँदा निकै खुसी लागेको छ यसका लागि आयाेजक रेडियो सुदूर सञ्चार टिमलाई विशेष धन्यवाद ।,

    यस्तै, कार्यक्रममा सहभागी स्थानीय भलमन्सा कृष्ण गम्वाले "हरियो वन नेपालकाे धन, भन्ने भनाइलाई प्रकाश पार्दै वन नजिकका गाउँ बस्तीमा वन्यजन्तुले पुर्‍याएकाे भाैतिक क्षति र पाउने राहत बारे तालमेल नमिलेको विचार व्यक्त गरे ।,

    साथै उनले यसबारे छुट्टै नीति बनाउन सराेकारवाला निकायलाई सुझाएका छन् । वन वन्यजन्तु सम्बन्धि खुल्ला अन्तक्रियात्मक रेडियो कार्यक्रमबाट केही नयाँ सिकाइ भएकाे भलमन्सा गम्वाकाे भनाइ छ ।,

    Open photo

    यस्तै कार्यक्रमका विशिष्ट अतिथि आरती चाैधरीले मानवबाट नै वन वन्यजन्तुकाे बाँसस्थान संकटमा परिरहेको जिकिर गरिन् । हामीले जथाभावी वन फडानी नगरे वन्यजन्तु टाेल बस्तीमा नआउने बताउँदै उनले आफू पनि बाच्न र वन वनस्पति र वन्यजन्तुलाई पनि बचाउन आग्रह गरिन् ।

    बेलाैरी नगरपालिका कार्यपालिका सदस्य समेत रहेकी महिला नेतृ चाैधरीले स्वच्छ वातावरणका लागि एक घर एक रुख आजको आवश्यकता भएको समेत बताइन् । नेतृ चाैधरीले सहभागीलाई घरमा एसी लगाउनु भन्दा एक रुख राेप्न अनुरोध गरिन् ।,

    यस्तै, बेलाैरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष एवम् कार्यक्रमका सभापति लालबहादुर चाैधरीले अन्तरक्रियामा सहभागीहरुकाे जिज्ञासा मेटाउदै स्थानीय सरकारले वन वनस्पति र वन्यजन्तु संरक्षणका लागि खेलेको भूमिका र पुर्‍याएकाे याेगदानबारे प्रकाश पार्दै आफ्नो धारणा राखे ।

    नेपालकाे संविधान धारा ५१ काे उपधारा (छ) मा उल्लेख गरे बमोजिम सबैले प्राकृतिक साधन स्रोत सम्पदाको संरक्षण सम्वर्धन गर्नु पर्दछ अध्यक्ष चाैधरीले भने, - स्थानीय सरकारले पनि छुट्टै ऐन ल्याइसककाे हुदाँ साेही बमोजिम नियम कानूनकाे पालना गर्न सराेकारवाला सबैमा अपिल गर्दछु ।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३, वन ऐन २०७६ मा सामयिक संसाेधन र परिमार्जन गरि नेपालकाे संवैधानिक व्यवस्था संगै नेपाल पक्ष बनेका अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्ने प्रयास भने निरन्तर जारी छ ।, यद्यपि साेही सन्दर्भमा यस कार्यक्रमको विषयबस्तु र उद्देश्य निकै सान्दर्भिक रहेकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई ल्याइनु पर्ने अध्यक्ष चाैधरीकाे भनाइ छ ।

    उनले संवैधानिक ज्ञान सहितको निकै महत्त्वपूर्ण कार्यक्रम सफल पार्न सहयोग र सहकार्य गर्नुहुने सराेकारवाला सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

    यता, आयाेजकले माैलिक हक र कानूनी मान्यतामा आधारित फरक-फरक शीर्षकमा रही बेलाैरीका ५ वडामा अन्तरक्रियात्मक रेडियो कार्यक्रम नागरिक सुनुवाइ सम्पन्न गर्ने जनाएको छ ।, साेमबार सम्पन्न कार्यक्रममा स्थानीय वनका पदाधिकारी सराेकारवाला एवम् सर्वसाधारणकाे उल्लेखनीय सहभागीता रहेको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस