बेलाैरी, कञ्चनपुर -
ईलाका प्रहरी कार्यालय बेलाैरीद्वारा एक लाख बढीको अबैध सामग्री बरामद गरिएको छ ।
ईप्रका बेलाैरीबाट खटिएको गस्ती टाेलीले बेलाैरी ६ बैशाखा पुलबाट १ लाख दुई हजार छ सय पचास मूल्य बराबरकाे अबैध सामग्री बेवारिसे अवस्थामा बरामद गरि नष्ट गरिएको प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीले जनाए ।
उनका अनुसार अबैध तथा प्रतिबन्धित पदार्थ - ५० पाकेट सुर्ती, २८ पेटी ड्यु, ३० पाकेट सिस्टम र १ सय ३५ पाकेट बिडी बरामद गरि नष्ट गरिएको हाे ।,
राती करिब २ बजे बरामद गरिएको सामग्री आइतबार बिहान बेलाैरी उद्योग वाणिज्य संघ कञ्चनपुर, स्थानीय पत्रकार र सराेकारवालाहरुकाे रहाेबरमा नष्ट गरिएको थियो ।
खुला सीमावर्ती क्षेत्रमा हुने अवैध काराेबार तथा चाेरी तस्करी नियन्त्रण गर्दै बेलाैरीमा शान्ति सुरक्षाकाे प्रत्याभूति दिलाएर लागूऔषध राेकथाम नियन्त्रण र अपराध अनुसन्धानमा समेत अब्बल ठहरिएका प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीकाे कार्यलाई स्थानीयले प्रसंशा गरेका छन् ।