१३  २०८३ बुधबार | 29 Jul 2026 Wed

बेलाैरी नगरपालिका १० मा वडा स्तरीय नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुशासन पारदर्शिता र जवाफदेहिता विषयक खुल्ला अन्तरक्रियात्मक रेडियो कार्यक्रम नागरिक सुनुवाइ

  • दिनेश चौधरी
  • १५  २०८१ मंगलबार (२ बर्ष अघि)
  • पाठक संख्या १४४८
  •  बेलाैरी, कञ्चनपुर -

    मंगलबार बेलाैरी नगरपालिका वडा नम्बर १० मा वडा स्तरीय नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । रेडियो सुदूर सञ्चारकाे आयाेजना र बेलाैरी नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

    नागरिककाे माैलिक हक र अधिकारमा केन्द्रित सुशासन पारदर्शिता र जवाफदेहिता विषयक खुल्ला अन्तरक्रियात्मक रेडियो कार्यक्रम नागरिक सुनुवाइ सम्पन्न गरिएको कार्यक्रमका सभाध्यक्ष शीतल भट्टले बताए ।  

    रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक समेत रहेका भट्टले "स्थानीय तहद्वारा प्रदान गरिदै आइरहेका सार्वजनिक एवम् प्रशासनिक सेवामा सर्वसाधारण नागरिककाे पहुँच, वर्तमान अवस्था, समस्या र समाधान विषयमा वृहत् छलफल गरिएको बताए ।,

    उनले भने, - देशमा तीन तहको सरकार छ। तर बेलाैरीकाे अवस्था कस्तो छ ? वडा नम्बर १० काे विकास के कस्तो भइरहेको छ ? अहिले सम्म के भयाे, के गर्न बाँकी छ ! र समुन्नत समाज निर्माण संगै सर्वाङ्गिण विकासका लागि के गर्नु पर्ला ! आगामी आ.व ०८१/०८२ काे नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने महत्त्वपूर्ण विषयमाथि समेत खुल्ला छलफल तथा अन्तक्रिर्या गरिएको हाे ।, 


    बेलाैरी नगर उपप्रमुख जाेगराम चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष साेमलाल चाैधरी स्थानीय सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, स्थानीय समाजसेवी बुद्धिजीवी राजनीतिज्ञ विज्ञ एवम् महिला नागरिक समाजका अगुवाहरुकाे समेत सहभागीता रहेको थियो । 

    कार्यक्रममा उपस्थित समाजका अगुवाहरुले विकास निर्माणबारे रचनात्मक सुझाव दिदै सराेकारवाला निकाय समक्ष विभिन्न सवाल जवाफ गरेका थिए । यस खुल्ला अन्तक्रियात्मक कार्यक्रमले वडाकाे समग्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बेलाैरी नगर उपप्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि जाेगराम चाैधरीले विश्वास व्यक्त गरे ।, 


    सहभागीहरुले याे कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि जनता माझ यस्ता कार्यक्रम ल्याइनु पर्ने धारणा राखेका थिए ।

    आयाेजकले पहिलो चरणमा पालिकाका १० वडा मध्ये ५ वटा वडामा याे कार्यक्रम गरिन लागेको जनाएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस