१३  २०८३ बुधबार | 29 Jul 2026 Wed

बेलौरी : राष्ट्रपति रनिङ शिल्डमा प्रथम शान्ति मावि र स्वर्ण पदक प्राप्त विद्यार्थीहरू सम्मानित

राष्ट्रपति रनिङ शिल्डमा प्रथम शान्ति मावि र स्वर्ण पदक प्राप्त विद्यार्थीहरू सम्मानित

  • दिनेश चौधरी
  • ८  २०८१ सोमबार (२ बर्ष अघि)
  • पाठक संख्या ४११
  • बेलौरी वडा नं. ४ द्वारा राष्ट्रपति रनिङ शिल्डमा प्रथम शान्ति मावि र स्वर्ण पदक प्राप्त विद्यार्थीहरू सम्मानित ।।

    कञ्चनपुर, ०८ पौष। बेलौरी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने शान्ति माध्यामिक विद्यालय शान्तिपुर र स्वर्ण पदक प्राप्त गर्ने १७ छात्र र ८ छात्रालाई सोमबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

    मङ्सिर ३० देखि पौष २ गतेसम्म चलेको प्रतियोगितामा विद्यालयले २० स्वर्ण, १५ रजत र ६ कास्य पदक जित्दै समग्र नगरमै उत्कृष्ट बनेको थियो । 

    विद्यार्थीहरूको यस्तो ऐतिहासिक उपलब्धिलाई वडाले विशेष कार्यक्रम आयोजना गरी प्रशंसा पत्र सहित मायाको चिनो प्रदान गर्दै सम्मान गरेको वडाध्यक्ष अर्जुन ढकालले बताउनु भयो । विद्यार्थीहरूको मेहनत र विद्यालय परिवारको लगनशीलता नै यस सफलताको आधार रहेको बताउँदै यो उपलब्धिले बेलौरी नगरको गौरव बढाएको वडाध्यक्ष अर्जुन ढकालको भनाइ छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी बेलौरी नगरपालिका र विद्यालयलाई चिनाउन समेत उहाँले शुभकामना दिनुभयो ।

    खेल संयोजक डिल्लीराज सुवेदीले विद्यार्थीहरूले देखाएको प्रतिबद्धता र अनुशासन प्रशंसनीय रहेको बताउँदै विद्यालयको यो सफलता सामूहिक प्रयासको नतिजा भएको र आगामी दिनमा थप उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको समेत बताउनुभयो ।विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले यस सम्मानले विद्यार्थीहरूलाई थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्दै खेलकुद विकासका लागि स्थानीय सरकारसँग थप स्रोतसाधनको माग गर्नु भयो । सम्मान कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र स्थानीय जनप्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो । वडा नम्बर ४ को कार्यालयले वर्षेनी वडा कार्यालयले वार्षिक बजेट विनियोजित गरी खेलकुदलाई प्राथमिकता दिएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस