बेलाैरी, कञ्चनपुर -
बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री कैलाश चाैधरीलाई ज्ञापन पत्र बुझाइएको छ । साेमबार नगर प्रमुख चाैधरीकाे नेतृत्वमा प्रदेश भाैतिक मन्त्री चाैधरीलाई ज्ञापन बुझाइएको हाे ।,
बेलाैरी कलुवापुर नाइल बुडर सडक खण्डकाे निर्माणकार्य अलपत्र परेपछि..
मेयर चाैधरीकाे नेतृत्वमा ज्ञापन : नगर प्रवक्ता भुल
सुदूरपश्चिम प्रदेश गाैरबकाे याेजना अन्तरगत रहेको बेलाैरी कलुवापुर नाइल बुडर सडक खण्डकाे निर्माणकार्य अलपत्र परेपछि बेलाैरी नगर प्रमुख चाैधरीकाे नेतृत्वमा ज्ञापनपत्र हस्तान्तरण गरिएको नगर प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए ।
प्रवक्ता भुलले भने - "बेलाैरी कलुवापुर नाइल बुडर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरि काम सम्पन्न गर्न मन्त्री चाैधरीकाे ध्यानाकर्षण गराइएको छ ।,
चक्रपथ निर्माणका लागी
यस्तै , बेलाैरी नगरपालिकाकाे भित्री चक्रपथ प्रदेश सरकारकाे बहुवर्षिय याेजना अन्तरगत स्वीकृत भइसकेको हुदाँ बजेट अभावका कारण निर्माण अगाडि बढ्न नसकेकाले उक्त चक्रपथ निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरि निर्माण सम्पन्न गर्न अनुराेध गरिएको छ ।,
४ लेन सडक विस्तार गर्न जाेड : पाेतीलाल चाैधरी
बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीले बेलाैरी क्षेत्रकाे समग्र समस्या र सम्भावना बारे प्रदेश भाैतिक मन्त्री चाैधरीलाई अवगत गराउदै बेलाैरी नगरपालिका ६ नाे मेन्सलेन देखि यथाशीघ्र निर्माणकार्य अगाडि बढाउन आग्रह गरे ।, दाेस्राे पटक समेत निर्वाचित भएका मेयर चाैधरीले बेलाैरीकाे " नाे मेन्स लेन, देखि मैनाहा सम्म ३० मिटर चाैडा सडक सिमाङ्कन भइसकेको र विस्तृत परियाेजना प्रतिवेदन DPR समेत तयार गरिसकेकाे हुदाँ बढ्दाे जनसंख्या चापका कारण दैनिकी कष्टकर रहेकाले साे सडकलाई ४ लेन सडकको रुपमा विस्तार गर्न जाेड दिएका छन् ।,
मन्त्री चाैधरी संगकाे प्रत्यक्ष कुराकानीका क्रममा मेयर पाेतीलाल चाैधरीले आगामी आ.व ०८१/८२ मा प्रदेश गाैरबकाे याेजनामा परेका सडकको आवश्यक बजेट व्यवस्थापन गरि निर्माण अगाडी बढाउन समेत जाेडदार माग अघि सारेका थिए ।,
अधुरा याेजना पूरा गर्न मन्त्री चाैधरीकाे ध्यानाकर्षण : प्रदेश सभा सदस्य विष्ट
डेलिगेशनको मुख्य भूमिकामा सहभागी सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् विधायन समिति सभापति दिवान सिंह विष्टले -
"प्रदेश अन्तरगत बेलाैरीका अधुरा याेजना पूरा गर्न भाैतिक पूर्वाधार विकास मन्त्री चाैधरीकाे ध्यानाकर्षण गराए ।,
प्रदेश सभा सदस्य विष्टले कुनै पनि काममा बहाना गर्ने ठेकेदार भए त्यसलाई कार्वाही गर्न सुझाव दिदैं बेलाैरी सडक फराकिलो बनाई प्रयाप्त बजेटको व्यवस्था गर्न समेत अनुरोध गरेका छन् ।,
समस्यामा सरकार गम्भीर बन्नुपर्ने : अध्यक्ष ढकाल
बेलाैरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकालले समेत बेलाैरीकाे विकास र समृद्धि संग जाेडिएकाे सडकलाई भन्सार देखि मैनाहा सम्म ४ लेन सडक निर्माणमा जाेडदिदैं बेलाैरी बासीले खेप्नुपरेको पीडा र भाेग्नु परेको यातायात समस्यामा सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।,
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार रानाले मन्त्री चाैधरीलाई भूगोलको प्रत्यक्ष अवलोकन गरेर नगरबासीकाे समस्या समाधान गर्न निवेदन गरेका थिए ।
आवश्यक पहल गर्ने विश्वास : भाैतिक मन्त्री चाैधरी
जवाफमा भाैतिक पूर्वाधार विकास मन्त्री चाैधरीले बेलाैरी कलुवापुर नाइल बुडर सडकको वर्तमान अवस्थाकाे अध्ययन गरी बेलाैरीकाे समस्या समाधानका लागि आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।,
यस्तै, बेलाैरी मेयर चाैधरीको नेतृत्वमा गएको डेलिगेशन टाेलीले हुलाकी राजमार्ग निर्देशनालय याेजना कार्यालयकाे समेत ध्यानाकर्षण गराएकाे छ ।
हुलाकी सडकको काम तत्काल सम्पन्न गर्न गराउन माग
टाेलीले वर्षाैदेखी अलपत्र डाेकेबजार-बेलाैरी-बेलडाँडी हुदै दैजी हुलाकी सडकको काम तत्काल सम्पन्न गर्न गराउन जाेडदार माग अघि सारेकाे छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् विधायन समिति सभापति दिवान सिंह विष्ट सहभागी टाेलीमा बेलाैरी नगर उपप्रमुख जाेगराम चाैधरी, वडा अध्यक्ष अर्जुन ढकाल, लालबहादुर चाैधरी, नगर प्रवक्ता हर्क बहादुर भुल, नागरिक उन्मुक्ति पार्टी जिल्ला अध्यक्ष नन्दकुमार राना, स्थानीय समाजसेवी ज्ञानेन्द्र गाैतम, जय बहादुर कुँवर, डम्बर सिंह धामी लगायत बेलडाँडी गाउँ पालिकाबाट अध्यक्ष हरिश्चन्द्र राना, वडाध्यक्ष एवम् पालिका प्रवक्ता गज बहादुर विष्ट, समाजसेवी जय बहादुर कुँवरकाे समेत सहभागीता रहेकाे थियाे ।
उनीहरूले विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले क्षेत्र नम्बर १ काे समग्र विकासका लागि सबै स्थानीय राजनीतिक दल नेता र नेतृत्व एकजुट हुनुकाे विकल्प नभएको बताए ।