१७  २०८३ बुधबार | 02 Sep 2026 Wed

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीद्वारा बाढी र हात्तीपीडितलाई राहत वितरण

क्षेत्र १ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले आफ्नो भत्ता बाफत पाउने रकमबाट बढी र हात्तीपीडितलाई राहत वितरण

  • चौधरी खबर
  • २  २०८१ मंगलबार (२ बर्ष अघि)
  • पाठक संख्या २५७
  • कञ्चनपुर -

    कञ्चनपुर निर्वाचन क्षेत्र १ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले आफ्नो भत्ता बाफत पाउने रकमबाट बढी र हात्तीपीडितलाई राहत वितरण गरेका छन् । काँग्रेसबाट बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडी पालिकामा निर्वाचित स्थानीय तहका जनप्रतिनिधी(वडाध्यक्षहरु)ले हात्ती र बाढीपीडितका घर परिवारलाई राहत वितरण गरेका हुन् ।

    नेपाली काँग्रेस बेलडाँडीका सभापति, १ का वडाध्यक्ष एव गाँउपालिका प्रवक्ता समेत रहेका गज बहादुर विष्टले गत असार २४ यता आएको बाढी र असोज यता हात्तीको आक्रमणबाट मृत्यु भएका घर परिवारलाई हात्तीपीडितलाई राहत वितरण गरिएको बताए । उनले काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्षहरुले हरेक महिना आफ्नो भत्ता बाफत पाउने १/१ हजार रुपैया जम्मा पारेर विपद्मा परेर पीडित भएका परिवारलाई राहत वितरण गरिएको बताए । 

    उनका अनुसार काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले हरेक महिना आफ्नो भत्ता बाफत रकम जम्मा गरेर बाढीपीडित र हात्तीपीडित परिवारलाई राहत वितरण गरिएको बताए । उनका अनुसार चौधर नदीको बाढीले बेलडाँडी गाँउपालिका ५ ईमलियाका कन्यावती राना, र बेलडाँडी ३ डम्बर चौधरी, तलाउमा डुबेर पुनर्वास ५ मृतकत्रय सृजना बोगटी, लक्ष्मी बोगटी, आरती बोगटीको घर परिवारलाई राहत दिईएको छ । यस्तै जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका लालझाडी ४ रामदल राना र बेलौरी ६ मृतक उमेश चौधरीको परिवारलाई नगद राहत वितरण गरिएको छ । हात्ती र बाढीबाट मृतक परिवारलाई जनही ५हजार ५सय रुपैँयाका दरले नगद रुपैया वितरण गरिएको छ । 

    ‘हामी काँग्रेसबाट निर्वाचित वडाध्यक्षले हरेक महिना एक/एक हजार रुपैया संकलन गछौँ, ‘उनले भने, ‘ठुलो विपतमा परेका जनतालाई सक्दो राहत वितरण गरेका छौँ, यो कार्यक्रम निरन्तर अघि बढाउँछौँ ।’ यसका साथै आ–आफ्नो तहबाट नागरिकको समेत सेवा गर्ने बेलडाँडी गाँउपालिका प्रवक्ता विष्टले बताए ।

    काँग्रेसबाटै निर्वाचित बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र राना, १का वडाध्यक्ष गज बहादुर विष्ट, २ का वडाध्यक्ष नारद अर्याल, ३का वडाध्यक्ष दुर्गा प्रशाद चौधरी, ५का वडाध्यक्ष ईन्द्र बहादुर खडका, बेलौरी ७का वडाध्यक्ष प्रकास श्रेष्ठ, बेलौरी ९का वडाध्यक्ष किसन सिह राना, पुनर्वास १का वडाध्यक्ष मोहनलाल राना, ५का वडाध्यक्ष पदम बहादुर रोकाया, ७का वडाध्यक्ष मुलचन्द्र राना, ११का वडाध्यक्ष तुलसि अर्याल बिनाेद र लालझाडी ६का वडाध्यक्ष हर्क नारायण जोशी सहितका काँग्रेसका जनप्रतिनिधीले मृतकको घरमै पुगेर आश्रित परिवारलाई राहत सहयोग गरेका छन् ।

    उक्त कार्यक्रम निरन्तर अघि बढाउने जनाएको छ । काँग्रेसी जनप्रतिनिधभीबाट राहत पाएपछि पीडित परिवार उत्साहित भएका छन् ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस