बेलाैरी, कञ्चनपुर -
बेलाैरीको अमित सपिङ्ग सेन्टरद्वारा गरिब एवम् पीडित परिवारलाई लुगा (लत्ताकपडा) वितरण गरेको छ ।
शुक्रबार बेलौरी नगरपालिका ४ मा रहेको अमित सपिङ्ग सेन्टरले डडेलधुराका विपन्न तथा पीडित परिवारलाई लुगा कपडा वितरण गरेको हो ।
अमित सपिङ्ग सेन्टरका सञ्चालक हरि प्रसाद खरेलले पण्डुन नगरपालिका चुरेभवर डडेलधुराका लागि त्यहाँका गरिब तथा पीडित परिवारलाई करिब ३५ हजार मूल्य बरबरका लत्ताकपडा कपडा सहयोग गरेको बताए ।
चाैधरी खबर संगकाे कुराकानीमा सञ्चालक खरेलले उक्त कपडाले जाडोमा गरिव विपन्न तथा आर्थिक समस्याले ग्रस्त परिवारलाई राहत मिल्ने बताए ।
अमित सपिङ्ग सेन्टरका प्राेप्राइटर समेत रहेको खरेलले बेलौरी नगरपालिका ७ बस्ने स्थानीय पाष्टर रतन सिंह चौधरीद्वारा उक्त कपडा हस्तान्तरण गरिएको जनाए ।
कठ्याङ्गरिदाे जाडो माैसमा चुरेभवनका पीडित परिवारले लत्ताकपडा राहत पाउने भएपछि केही स्थानीय परिवार हर्षित भएका छन् ।
उनीहरूले राहतमा ३५ हजार बराबरका लुगा सहयोग गर्ने बेलाैरीका चर्चित व्यवसायी हरि प्रसाद खरेल प्रति धन्यवाद संगै आभार वप्रकट गरेका छन् ।