८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon

मेयर चाैधरीले किन भेटे डिआइजी केसीलाई ? यस्तो छ कारण..

भारतीयले नेपालीलाई फसाउन थालेपछि..

  • दिनेश चौधरी
  •     (८ महिना अघि)
  • पाठक संख्या ३९६
  • बेलाैरी -

    कञ्चनपुरको दक्षिणी क्षेत्र सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरुलाई विभिन्न बहानामा फसाउन थालेपछि बेलौरी नगरका मेयर पोतीलाल चौधरीले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआईजी) रविन्द्र केसीलाई भेटेका छन् । 


    आइबार मेयर चौधरीले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डिआईजी) रविन्द्र केसीलाई भेटेका हुन् । 


    भेटमा मेयर चौधरीले - विभिन्न कामका लागि बेलौरी सहित बेलडाँडी, पुनर्वास, लालझाडी लगायतका क्षेत्रबाट नेपाली भारतीय बजार खजुरिया सम्पूर्णानगर बसही जाने र त्यहाँका केही व्यक्तिले भारतीय प्रहरी हुँ भन्दै लागू औषध खल्तीमै हालेर फसाउन थालेका घटना र गुनासा बढ्न थालेपछि डिआईजी केसीको ध्यानाकर्षण गराएका छन् ।,


    मेयर चाैधरीको सचिवालयका अनुसार "डिआईजी केसीलाई नेपालीमाथि भारतीय बजारमा भईरहेको फसाउने घटनाको रोक्न गम्भिर ध्यानाकर्षण गराईएको छ ।,


    मेयर चौधरीले राखेका विषयमा डिआईजी केसीले भारतीय समकक्षसंग छलफल गरेर अघि बढ्ने बताएका छन् । 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस