१७  २०८३ आईतबार | 31 May 2026 Sun

सामाजिक सञ्जालमा जथाभावी लेखेपछि..

  • चौधरी खबर
  • १३  २०८१ बिहिबार (२ बर्ष अघि)
  • पाठक संख्या ११८५
  •  

    काठमाडौं

    सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझ एउटा भिडियो भाइरल भयो, जसमा अस्पतालको बेडबाट एक जना व्यक्तिले गृहमन्त्रीबारे कमेन्ट गर्दा प्रहरीले यातना दिएको बताएका छन् ।

     

     

     

     

     

     

    वीर अस्पतालको आकस्मिक कक्षको बेडमा खिचिएको भिडियोमा जाजरकोटको कुशे गाउँपालिकाका गणेशमानसिंह ठकुरीले भनेका छन्, ‘मैले गृहमन्त्रीको बारेमा फेसबुक पेजमा सहकारी ठग भनेर दुई तीन महिना अगाडि कमेन्ट गरेको थिएँ, अस्ति साइबर ब्यूरोले मलाई बोलायो । अनि, अनेक प्रसंग सोध्यो ।’

    ब्यूरोमा पुग्दा आफूलाई अधिकृतहरुले ‘केरकार गरे, गृहमन्त्रीविरुद्ध बोल्ने ?’ ‘तँसँग सहकारी ठगीको के प्रमाण छ ?, सम्माननीय गृहमन्त्रीलाई चिन्छस् भन्यो’, उनले अगाडि भनेका छन्, ‘साइबर ब्यूरोले मलाई हजारौं प्रश्न सोध्यो र साइबर ब्यूरो ढोकामै औषधि खान बाध्य भएँ ।’

    उनका भाइ मानबहादुरका अनुसार, गणेशले उपप्रधान एवं गृहमन्त्री सम्बन्धी एक पोष्टमा ‘सहकारी ठग’ भन्दै कमेन्ट लेखेका थिए । त्यसको केही दिनपछि साइबर ब्यूरोबाट प्रहरी अधिकृतहरुले फोन गरेर उनलाई बोलाएका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर सकेर शिक्षक सेवा आयोगको तयारी गरिरहेका उनी प्रहरीले बोलाएपछि आइतबार भोटाहिटीस्थित ब्यूरोमा पुगेका थिए ।

    ‘त्यहाँ प्रहरीले एकदमै नराम्रो व्यवहार गर्‍यो, दिनभरजसो राखेर केरकार भयो’, भाइ मानबहादुरले भने, ‘त्यतिबेला उहाँलाई माथि आईजीपीको आदेश छ, त्यसैले बोलाएको भनिएको थियो ।’

    सोमबार पनि उस्तै क्रम दाहोरियो । मंगलबार कतारी राजा आउने भएकाले सार्वजनिक बिदा थियो । बुधबार जाँदा फेरि उस्तै सोधपुछमा परेपछि सिंहलाई असैह्य भएको बताइएको छ ।    #अनलाइन खबरबाट

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस