१३  २०८३ बुधबार | 29 Jul 2026 Wed

बेलाैरी नगरपालिका ७ मा विपद् व्यवस्थापन समिति र कार्यदल गठन 

विपद् व्यवस्थापन समिति र कार्यदल गठन

तस्बिर - अशाेक पाण्डेय
  • दिनेश चौधरी
  •     (२ बर्ष अघि)
  • पाठक संख्या १४२४
  • बेलाैरी कञ्चनपुर

    बिहीबार बेलाैरी नगरपालिका ७ मा विपद् व्यवस्थापन समिति र कार्यदल गठन गरिएको छ । 

    स्थानीय सन्तु राम चाैधरीकाे अध्यक्षतामा नाै सदस्यीय कार्यसमिति गठन गरिएको बेलाैरी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख अशाेक पाण्डेयले बताए । 

    उनले भने- जलवायूको परिवर्तन संगै हुने  आकस्मिक विपद् जाेखिम न्यूनीकरणका निमित्त वडा स्तरीय एमरेड माेडेल अनुसार समिति गठन गरिएको हाे ।, 

    प्राथमिक उपचारका लागि समेत रिता चाैधरीकाे संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । 

    विपद् व्यवस्थापन शाखा प्रमुख पाण्डेयले चाैधरी खबर संगकाे कुराकानीमा विपद् सम्बन्धि पूर्व सूचनाका लागि दिनेश चाैधरीकाे संयोजकत्वमा तीन सदस्यीय कार्यदल एमरेड माेडेल अनुसार गठन गरिएको बताए ।,

    विपद् सचेतनाका लागि वडामा विभिन्न संयन्त्र परिचालन गरिएको वडा अध्यक्ष प्रकाश श्रेष्ठकाे भनाइ छ । उनले बर्षातमा सबैलाई सचेत रहन अपिल गरेका छन् ।, 

    यस्तै, यता स्थानीय सरकार एवम् बेलाैरी नगरपालिका विपद् व्यवस्थापन समितिले बाढी पहिराे आगलागी हावाहुरी बन डढेलाे जस्ता जाेखिम न्यूनीकरणलागि पूर्व तयारी गरे संगै नगरवासीमा सचेत समेत रहन अनुरोध गरेको छ ।,

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस