बुधबार साँझ कञ्चनपुरको पुरानाे सदरमुकाम बेलाैरीमा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा बेलौरी नगरपालिका ६ बस्ने ६३ वर्षीय पूर्व शिक्षक लच्छी चन्द रहेको ईलाका प्रहरी कार्यालय बेलाैरीले जनाएको छ ।
बेलौरी प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार- " बैतडी स्थायी घरभई भारतहुदै पछिल्लो समय बेलाैरी बस्दै आएका अन्दाजी ३६ वर्षीय महेश भण्डारीकाे ढुङ्गा प्रहारबाट चन्दकाे मृत्युु भएको हाे ।,
उनले भने- "सख्त घाइते चन्दकाे बेलाैरीमा उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो । यद्यपि ढुङ्गाले मुख र टाउकोमा गहिरो चाेट लागेका चन्दकाे उपचार सम्भव हुन सकेन् ।,
ढुङ्गा हिर्काउने भण्डारी फरार रहेको बताउदै निरीक्षक जैशीले भने -"घटना बारे थप अनुसन्धान भइरहेको छ, हामीले वृहत् रुपमा प्रहरी परिचालन गरेका छाैं, उनको खोजी जारी छ ।"
बाैद्धिक एवम् सरल स्वभावका मृतक चन्द महाकाली मावि बेलाैरीका सेवा निवृत्त अंग्रेजी शिक्षक हुन् । यतिबेला उनकाे देहावसानकाे खबरले सिङ्गो बेलाैरी नै शाेकमा डुबेकाे छ ।