बेलाैरी, कञ्चनपुर -
साेमबार बिहान बेलाैरीमा करेन्ट लागेर दुईजना घाइते भएका छन् ।
बेलौरी नगरपालिका वडा नम्बर ४ रिछाहा स्थित विद्युतको पोलमा तार तान्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० घुयाँघाट बस्ने बर्ष २२ वर्षीय श्रवण राना र ऐ.ऐ. बस्ने २१ वर्षीय सञ्जय राना रहेको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक गाैरीप्रसाद जैशीले बताए ।
उनलेे भने, सानाे पाेलबाट ठुलो पाेलमा लाइन विस्तार गर्ने क्रममा एक्कासी करेन्ट लागेर दुई जना घाइते भएका हुन् ।
घाइते द्वयरानाकाे ढाड र टाउकोमा चोट लागेपनि अवस्था भने सामान्य रहेको निरीक्षक जैशीले बताए ।, उनीहरूलाई थप उपचारका लागि धनगढी स्थित निसर्ग अस्पताल पठाईएको छ ।, घाइते द्वयराना विद्युत लाइन विस्तार गर्ने ठेकेदारका कर्मचारी रहेको बताइएको छ ।
भने, प्रहरीले विद्युतीय करेन्टकाे जाेखिमबाट बच्न र उच्च सतर्कता अपनाउन सर्व-साधारण सबैमा अनुरोध गरेको छ ।