८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon

बेलौरी : १५औं नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न

  • चौधरी खबर
  • २ पुष २०८१ मंगलबार (५ दिन अघि)
  • पाठक संख्या ८१
  •  बेलाैरी, कञ्चनपुर - 

     

    कञ्चनपुरको बेलौरीमा सञ्चालित नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । 

    मंगलबार बेलौरी नगर स्तरीय पाँचौँ तथा १५औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ०८१ सम्पन्न भएको हो । 

    यस वर्ष जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न गर्ने बेलौरी पहिलो नगरपालिका बनेको छ । 

    बेलाैरी नगरपालिका र नगर खेलकुद समिति बेलाैरीको आयोजनामा गत ३० मंसिरदेखि शुरु भएको प्रतियोगिता पुष २मा आएर समापन भएको हाे । याे संगै बेलौरीकाे खुला मञ्चमा पालिका स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको बेलौरी नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्याैपानेले जनाए ।

    अध्यक्ष न्यौपानेले विद्यालय स्तरबाट छनौट भइआएर विभिन्न विद्यामा भएको खेलकुद प्रतियोगितामा शान्ति मावि शान्तिपुर हाेल प्रथम भएको बताए । उनलेे भने हाेल द्धितीय लक्ष्मी मावि जबदिया र तृतीय जन नमुना मावि रामनगर भएको छ । 

    उनका अनुसार प्रतियोगितामा नगरका निजी सरकारी गरी कूल २६ विद्यालयको सहभागीता रहेको थियो । 

    शान्ति मावि शान्तिपुर र लक्ष्मी मावि जबदियाका सहभागी खेलाडीले विभिन्न विद्यामा गरी धेरै स्वर्ण पदक ल्याएकाे आयाेजकले जनाएको छ । 

    प्रतियोगिता भरी हाेल प्रथम द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी र विद्यालयलाई प्रमाणपत्र सहित शिल्ड प्रदान गरिएकाे नगर खेलकुद समिति सदस्य एवम् तेजबहादुर चन्दले बताए ।

    खेलमा लक्ष्मी मावि जबदियाले लङजम्प, ४ सय मिटर छात्र दौड, ज्याबलिङ थ्रो छात्र, छटफुट छात्र, ८ सय मिटर दौडमा स्वर्ण पदक ल्याएको छ । 

    उता जिवन रेखा विद्या मन्दिरले लङजम्प छात्रले स्वर्ण पदक, महाकाली माविले ४ सय मिटर छात्रा दौड, शान्ति माविले सटपुट छात्रा, ८ सय मिटर दौड छात्रा, १५ सय मिटर दौड छात्र, १५ सय मिटर छात्र, १ सय मिटर दौड छात्रा , त्रिपलजम्प छात्रा र भगवानपुर माविले छात्र तर्फ स्वर्ण ल्याएका छन् । 

    प्रतियोगितामा स्वर्ण, कास्य रजत ल्याउने सहभागी विद्यालयका खेलाडी छात्र-छात्रालाई  प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियोे । भने मञ्चमा पुरस्कृत सहभागी विद्यार्थी निकै उत्साहित देखिन्थे ।  

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलौरी नगरका मेयर पोतीलाल चौधरीले पढाईका अतिरिक्त विद्यार्थीको बृद्धि विकासका लागि खेलकुद प्रतियोगिताले थप टेवा पुगेको बताए । 

    खेलतर्फ जिल्लामै राम्रो बजेट विनियोजन गरेका मेयर चौधरीले आगामी दिनमा समेत पालिकाले खेलकुद प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने बताएका छन् । 

    मेयर चौधरीले बेलौरीबाट पनि अब जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमै उत्कृष्ट स्थान हासिलको कामना गरेका छन् । 

    अर्कोतर्फ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सहजकर्ताहरुलाई प्रशंसा पत्र सहित सम्मान गर्दै आयोजकले धन्यवाद व्यक्त गरेकाे छ । 

    उद्घाटन र समापन कार्यक्रममा विद्यालय, खेलाडी, शिक्षक, जनप्रतिनिधी एवम् सरोकारवालाको उत्साहपूर्ण सहभागीता रहेको थियो । भने कार्यक्रमकाे सञ्चालन शिक्षक तेजबहादुर चन्दले गरेका थिए ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस