१३  २०८३ बुधबार | 29 Jul 2026 Wed

बिकले आरन व्यवसायबाट मनग्य आम्दानी

देउराली नगर निवासी भीमबहादुर बिकले आरन व्यवसायबाट मनग्य आम्दानी

  • चौधरी खबर
  • ३  २०८१ बुधबार (२ बर्ष अघि)
  • पाठक संख्या ५७८
  • तनहुँका एक युवक पुर्खाको पेशाबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदारण बन्नुभएको छ। व्यास नगरपालिका–३ देउराली नगर निवासी भीमबहादुर बिकले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको हो।

    छ वर्ष वैदेशिक रोजगारीमा काम गर्नु भएका बिक हाल पुर्खाको पेशाबाट वैदेशिक रोजगारीको भन्दा बढी आम्दानी गर्न सफल हुनु भएको छ। बिकले तीन जनालाई रोजगारी दिनुभएको छ।

    नयाँ समान बनाउने तथा पुराना घरायसी प्रयोजनका सामान मर्मत गरेर वैदेशिक रोजगारीको भन्दा धेरै आम्दानी भएको बताउनुभयो।  नयाँ बनाएको बन्चरो, हँसिया, कोदाली, दाउ जस्ता समान बनाउने तथा मर्मत गरेर, धार उदाएर वार्षिक आम्दानी छ लाख नाफा भएको बताउनुभयो। 

    विदेशमा दुःख गरे जस्तै स्वदेशमै पसिना बगाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने ठानेर व्यवसाय सुरु गरेको बिकले बताउनुभयो। महंगो मूल्यमा कोइला किन्नुपर्ने बाध्यता सरकारले हटाउने हो भने आरन सञ्चालन गर्नेलाई हौसला पाएर पलायन हुनबाट जोगाउन सकिने उहाँको भनाइ छ। 

    व्यवसायीलाई सूचिकृत गरेर आवश्यकता अनुसार कोइला स्थानीय स्तरमा सहुलियत मूल्यमा पाउने व्यवस्था गर्न सके पूर्खाको पेशाको संरक्षण हुनुका साथै मनग्य आम्दानी हुने बिकले बताउनुभयो। 

    अधिकांशले पुर्खाको पेशा छोड्दै गएकोमा उहाँले संरक्षण गर्दै मनग्य आम्दानी गरेर अरुलाई समेत आफ्नो पेशा गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुहुन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस