बेलौरी, कञ्चनपुर -
सोमबार ईलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट भन्सार छ्ली भित्र्याउन खाेजेका अवैध माछा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी ना . नि . देव सिहं बुढालको कमाण्डमा खटिएको गस्तीटाेलीले बेलाैरी नगरपालिका ८ कलकत्ता र बेलौरी नगरपालिका ६ भुराकोट नाकाबाट प्रतिबन्धित माछा बरामद गरी नष्ट गरेको प्रहरी निरीक्षक भाष्कर चन्द बताए ।
चाैधरी खबर संगकाे कुराकानीमा प्रहरी निरीक्षक चन्दले भने - "करिब मुल्य २ लाख बीस हजार बराबरका ५५० केजी प्रतिबन्धित माछा बरामद गरी स्थानीय सराेकारवालाहरुको रोहबरमा नष्ट गरिएको हो ।
खुला सीमामा हुने चाेरी तस्करी एवम् अबैध क्रियाकलापहरुमा विशेष निगरानी बढाएको बेलौरी प्रहरी पछिल्लो समय साना-ठुला सबै ब्रोइलर कुखुरा , माछा, जालमा पर्ने ढंगले अघि बढिरहेको दावी गर्छ ।
भनेयता, बेलाैरीमा प्रहरी निरीक्षक चन्द आएदेखि तस्कर एवम् अवैध काराेवारीहरुकाे चैन ब्रेक भएको स्थानीयहरुकाे बुझाइ छ ।