८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon

विपिनलाई स्वागत गर्दै अभिनेत्री ऋचा

विपिनलाई स्वागत गर्दै अभिनेत्री ऋचा

  • चौधरी खबर
  • १५ बैशाख २०८१ शनिबार (८ महिना अघि)
  • पाठक संख्या २३९
  • शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘तेल भिसा’को छायांकनको लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन् ।

    पहिलो अमेरिका यात्राको क्रममा मेरिल्याण्ड राज्यमा पुगेका कार्कीलाई अभिनेत्री ऋचा घिमिरेले स्वागत गरिन् । विपिनसँगै निर्देशक घिमिरे र प्रमुख सहायक निर्देशक मछिन्द्र योंगा पनि अमेरिका पुगेका छन् ।

    फिल्ममा विपिन र ऋचाको शीर्ष भूमिका हुनेछ । विपिन दोहोरो भूमिकामा देखिन लागेको जनाइएको छ । उनको अपोजिटमा गौरी मल्ल र बर्षा राउत दुवैजना देखिनेछन । सुटिङका लागि बर्षा केही दिनमा र गौरी अर्को साता अमेरिका पुग्दैछन ।

    छायांकार सुसन प्रजापति भने केही दिन अघि नै बाल्टिमोरमा पुगिसकेका छन । निर्माण युनिटले दिएको जानकारीअनुसार अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारको समेत सहभागितामा फिल्मको छायांकन सुरु हुनेछ ।

    बैशाख २५ गतेदेखि एक महिनासम्म छायांकन चल्ने जनाइएको छ । मेरिल्याण्ड राज्यका विभिन्न शहरमा ७० प्रतिशत फिल्म खिचेर यूनिट बाँकीको छायाँकन पूरा गर्न नेपाल फर्किएर पूर्वी चितवन पुग्नेछ ।

    अमेरिकामा आफूले झण्डै ४० दिन बिताउने विपिनले जानकारी दिए 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस