कञ्चनपुरको बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको छ । सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको हो ।
बेलौरी खुला मञ्चमा उद्योग वाणिज्य संघको आयोजना एवम् नगरपालिकाको सह आयोजनामा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला शुरु भएको हाे ।
‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धि बेलौरीको आधार’ मुल नारा अघि सारेर तेस्रो संस्करमा मेला सञ्चालन गर्न लागेको छ ।
बेलौरी नगरपालिका प्रमुुख पोतिलाल चौधरीले एक कार्यक्रमका विच मेलाको औपचारिक उद्घाटन गरेका छन् । मेलाको उद्घाटन गर्दै मेयर चौधरीले निजी र सरकारी क्षेत्रको संयुक्त साझेदारीमा सञ्चालन भएको मेलाले नगरकै कृषि, पर्यटन, औद्योगिक विकासमा टेवा पुर्याउने बताए ।
मेयर चौधरीले नगरपालिकाले समेत कृषि क्षेत्रमा थुप्रै कामकाज अघि बढाएकाले मेलाले थप नगरको कृषि प्रर्बद्धनका टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले मेलाबाट क्षेत्रको विकासमा समेत प्रर्बद्धनमा जोडदिएका छन् ।
यस अघि दुई संस्कर मेला लगाईसकेको वाणिज्य सघले तेस्रो पटक हिउँदमै मेला संचालन गर्न लागेको छ ।
बेलौरी महोत्सवको लक्ष्य कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तर उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्ने रहेको आयोजकको दावी छ ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्टले बेलौरीको पर्यटन, कृषि, औद्योगिक विकासका लागि मेला संचालन गरिएको बताए ।
महोत्सवमा सय वटा स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला, औद्योगिक सामग्री, र आधुनिक प्रविधि प्रदर्शनी स्थानीय किसानहरूले आफ्ना जैविक उत्पादित बस्तु प्रदर्शनी गरिएको छ ।
स्थानीय, उद्योगी, व्यवसायीहरुलाई नै प्राथमिकतामा राखिएको अध्यक्ष विष्टको दाछि ।
जिल्लाकै पहिलो सदरमुकाम समेत रहेको बेलौरी महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय थारु, पहाडी समुदायका संस्कृति झल्किने कार्यक्रमहरू प्रर्दशनमा ल्याईने र स्थानीय एव राष्ट्रिय कालाकारबाट समेत विवित साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् ।
महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गरिएको छ ।
१० दिने महोत्सवमा स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रवर्द्धन गर्दै कृषि, उद्योग, र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ । १७ पुषसम्म महोत्सव सञ्चालन हुनेछ ।