१८  २०८३ बिहिबार | 03 Sep 2026 Thu

इसाई समाज द्वारा आगलागी पीडित परिवारलाई राहत

बेलौरी नगरपालिका इसाई समाजले आगलागी पीडित परिवारलाई राहत वितरण

  • दिनेश चौधरी
  •     (२ बर्ष अघि)
  • पाठक संख्या ३९६
  • बेलौरी, कञ्चनपुर 

    बेलौरी नगरपालिका इसाई समाजले आगलागी पीडित परिवारलाई राहत वितरण गरेको छ।

    शुक्रबार, समाजले बेलौरीनगपालिका वडा.न.२ टेडुवाका   पीडित परिवारलाई राहत वितरण गरेको इसाई समाज बेलौरी नगर अध्यक्ष रतन सिंह चौधरीले बताए ।

    चौधरीले "चौधरी खबर संग कुराकानी गर्दै भने" हामीले     बेलौरीनगरपालिका २ का आगलागी पीडित परिवारलाई       राहत स्वरुप घर निर्माणका लागी १६ हजार ५ सय बराबरको जस्तापाता वितरण गरेका छौं ।

    गत फागुन १९ गते शनिबार बेलौरीनगरपालिका वडा न २ का टिका राम खुनाको घरमा आकस्मिक आगलागी भएको थियो, आगलागी बाट लाखौंको धनमाल जलेर नष्ट भएको जनाइएको छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस