१८  २०८३ बिहिबार | 03 Sep 2026 Thu

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

  • दिनेश चौधरी
  •     (२ बर्ष अघि)
  • पाठक संख्या ३१७
  •  

    बेलाैरीकञ्चनपुर - 
    कञ्चनपुर स्थित दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।
    बेलौरी नगरपालिका ४ शान्तिपुरका स्थानीय किशोर राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो । 
    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले शनिबार दिउँसो पौडी खेल्न गएका चार जना मध्ये दुईको डुबेर मृत्यु भएको र बाँकी दुई घाईते भएको बताए ।

    प्रवक्ता जोशीका अनुसार कुँवरद्वयको घटना स्थलमै मृत्यु भएको छ । भने  संगै गएका अर्का किशोर समिर सुवेदी, शिशिर विष्टको उपचार भइरहेको छ ।

    भने घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस