शुक्रबार सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म कार्यालय बेलौरीले भारतबाट भन्सार छ्ली भित्र्याउन खाेजेका अवैध माछा र ब्रोइलर कुखुरा बरामद गरेको छ ।
सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म कार्यालय बेलौरीबाट खटिएको ७ जना मोबाईल गस्तीटाेलीले बेलौरी नगरपालिका ६ बैशाखा नाकाबाट प्रतिबन्धित माछा र ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरीबलका डीएसपी मदन बहादुर धानुकले बताए ।
चाैधरी खबर संगकाे कुराकानीमा सशस्त्र प्रहरीबलका डीएसपी धानुकले भने - "करिब मुल्य ४० हजार २ सय पचास बराबरका ९० केजी प्रतिबन्धित माछा र ब्रोइलर कुखुरा २५ केजी बरामद गरी स्थानीय सराेकारवालाहरुको रोहबरमा नष्ट गरिएको छ ।,
खुला सीमामा हुने चाेरी तस्करी भन्सार चुहावट जस्ता अबैध क्रियाकलापहरुमा विशेष निगरानी बढाएको बेलौरी सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्मले सकृयता देखाएको छ ।