१७  २०८३ बुधबार | 02 Sep 2026 Wed

सञ्चारकर्मी बिना सम्मानित

चर्चित महिला सञ्चारकर्मी बिना सम्मानि

  • चौधरी खबर
  • ७  २०८१ सोमबार (२ बर्ष अघि)
  • पाठक संख्या २३६
  • काठमाडौं -  

    एक्जिटो इभेन्ट्सले आयोजना गरेको एक्जिटो एक्सिलेन्स अवार्डबाट सञ्चारकर्मी बिना श्रेष्ठलाई सम्मान गरेको छ । 

    रेडियो देखि टेलिभिजन सम्म विगत दुई दशक भन्दा लामो योगदानकाे उच्च मुल्यांकन गर्दै श्रेष्ठलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले उनलाई सम्मान गरेकी छन् । 

    कार्यक्रममा पाइलट तथा कलाकार विजय लामा, नायिका स्वस्तिमा खड्का, गायिका रचना रिमाल, गायक तथा संगीतकार टंक बुढाथोकी लगायतलाई समेत सम्मान गरिएको थियो ।

    सन्चारकर्मी विना विगत दुई दशक देखि निरन्तर सञ्चार क्षेत्रमा आबद्ध छिन् । हाल प्राईम टेलिभिजनमा उनी प्रमुख कार्यकारी निर्माता पदमा रहेर कार्यरत छिन् भने बिनाले समय समयमा म्युजिक भिडियो समेत निर्देशन गर्दै आएकी छन् । 

    प्राइम टेलिभिजनमा पछिल्लो समय उनको चर्चित कार्यक्रममा "Bina;s Show" ले निकै चर्चा बटुलिरहेकाे छ ।,

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस