बेलाैरी, कञ्चनपुर -
साेमबार बेलाैरी नगरपालिका उद्यम विकास शाखाकाे आयोजनामा तीन महिने हाउस वाईरिङ्ग तालिम सम्पन्न भएको छ ।
आर्थिक समृद्धिकाे आधार लघु उद्यम मार्फत राेजगार भन्ने मूल नाराका साथ उद्यम विकास शाखाको आयोजनामा तीन महिने तालिम सम्पन्न भएको उद्यम विकास सहजकर्ता दीपा रावतले बताइन् ।
उनलेे भनिन् "- गत फागुन ८ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न हुदैंछ ।, हामीले सीप सिकाएर आत्मनिर्भर बनाउने कुरामा जाेड दिइरहेका छाैं ।,
यस्तै, बेलाैरी नगर उप प्रमुख जाेगराम चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तरगत ३ महिने हाउस वाइरिङ्ग तथा सीप विकास तालिम प्रदान गरिएको उद्यम विकास फाेकल पर्सन कृष्ण गम्वाले जनाए ।,
"चौधरी खबर " सगंकाे कुराकानीमा उनलेे - " हरेक वर्ष नगरका विभिन्न वडामा बेरोजगार युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको बताए ।,
गरिव विपन्न वर्गलाई विभिन्न विधामा सीप सिकाइ आत्मनिर्भर बनाउने लक्ष्य लिएर हामी अगाडि बढिरहेका छाैं गम्वाले भने, - "माछा मारेर दिनु भन्दा माछा मार्न सिकाउनु हाम्रो उद्देश्य हाे ।, साेही अनुरुप तीन महिने हाउस वाइरिङ्ग तालिम सम्पन्न गरिएको हाे ।,
कार्यक्रमका प्रमुख अतिथि एवम् नगर उपप्रमुख जाेगराम चाैधरीले कुनै पनि तालिम लिएर मात्र नहुने बताउदै मेहनतका साथ उक्त सीपलाई पेसा र व्यवसायमा रुपान्तरण गर्नुपर्ने बताए ।
तालिममा सहभागीहरुलाई उप-प्रमुख चाैधरीले - देश विदेशमा हाउस वाइरिङ्गकाे बढ्दो माग भएकाले व्यवसायीक दक्षतामा समेत जाेड दिए आग्रह गरेका छन् ।,
यस्तै तालिम समापन समारोहबीच बेलाैरी नगर प्रवक्ता हर्क बहादुर भुल र कार्यपालिका सदस्य आरती चाैधरीले आवश्यक वाइरिङ्ग औजार वितरण गर्दै सहभागीहरुलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
वाइरिङ्ग तालिम पश्चात् सहभागीहरुले सीपबाट आत्मनिर्भर हुने विश्वास व्यक्त गरेका छन् ।