कञ्चनपुरको बेलौरी नगरपालिकाकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ ।शनिबार शुरु भएको १३औँ नगर सभाले आर्थिक बर्ष ०८१/८२ का लागि बजेट ल्याएको हो ।
आगामी आर्थिक बर्षका लागि बेलाैरी नगर पालिकाले रु. ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित गरेको छ ।
बेलाैरी नगरका मेयर पाेतीलाल चौधरीले आगामी आ.व मा चालूतर्फ ५२ करोड ३२ लाख ९० हजार, र पूँजीगत तर्फ २५ करोड ६९ लाख ८० हजार बराबरको बजेट विनियोजन गरिएको बताए ।
आगामी आर्थिक बर्षका लागि बेलौरी नगरपालिकाले दमकल खरिद योजना पारित गरेकाे छ । बेलौरी लालझाडी र बेलडाँडीकाे सहकार्यमा नगरले दमकल खरिद याेजना पारित गरेको हाे। पछिल्लो समय आगलागीका घटना निम्तिन थालेपछि नगरपालिकाले आगो निभाउनका लागि आगामी आर्थिक बर्षमा दमकल खरिद गर्ने महत्त्वपूर्ण याेजना ल्याएको देखिन्छ ।
‘बेलौरीमा पनि जनसंख्या विस्तारदेखि भौतिक संरचना र आगलागीका घटना बढिरहेका छन् , ‘मेयर चौधरीले भने, ‘हामीसंग दमकल नहुँदा आगो निभाउन समस्या भयो, त्यही भएर आगलागीबाट ठुलो जनधनको क्षति न्यूनिकरण गर्न दमकल योजना ल्याएका हौँ ।’उनलेे भने, यी लगायतका अन्य थुप्रै याेजनाहरु छन् ।
मेयर चौधरीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि सडक यातायात सहितका कार्यक्रम प्राथमिकतामा राखेर अधुरा योजना पूरा गर्ने कार्यक्रम ल्याईएको बताए ।
भने यस्तै यता, १० वटा वडा रहेको पालिकामा कूल २ कराेड बजेट विनियोजन गरिएको छ । बजेट वक्तव्य प्रस्तुत गर्दै बेलाैरी नगर उपप्रमुख जाेगराम चाैधरीले दशवटै वडामा कूल दुई कराेड विनियोजन गरिएको बताए ।
जस अन्तरगत बेलाैरी नगरपालिका वडा नम्बर १ मा १२ लाख १५ हजार, वडा नम्बर २ मा २३ लाख ३३ हजार, ३ मा १६ लाख ६ हजार, ४ मा १९ लाख ७५ हजार, ५ मा १९ लाख ७३ हजार, ६ मा २० लाख ५२ हजार, ७ मा १९ लाख १७ हजार, ८ मा २४ लाख ७६ हजार, ९ मा २३ लाख १५ हजार र वडा नम्बर १० मा २१ लाख ३८ हजार बजेट विनियोजन भएको छ ।
उपप्रमुख चाैधरीले भने ।, कृषि उत्पादन वृद्धि गरि यसक्षेत्रका किसानलाई आत्मनिर्भर बनाउन विभिन्न यान्त्रिक उपकरण बीउबिजन पकेट क्षेत्र निर्धारण, चिस्यान केन्द्र निर्माण सीपमूलक तालिम जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
भने नगर शिक्षा याेजना, स्थानीय पाठ्यक्रम निर्माण, रिङ्ग राेड निर्माणकार्य कलर्डहल निर्माण, १५सैप्या अस्पताल, अक्सिजन प्लान्ट, सूचीकृत बेराेजगार युवालाई सय दिने राेजगार कार्यक्रम, फाेहरमैला व्यवस्थापन लगायतका विषय बस्तु ०८१/८२ काे नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।