१८  २०८३ बिहिबार | 03 Sep 2026 Thu

हात्तीको आक्रमणमा मृत्यु भएका चौधरीका बुवालाई सामुदायिक वन उपभोक्ता समितीद्वारा सहयोग रकम प्रदान

जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएका चौधरीका बुवालाई सामुदायिक वन उपभोक्ता समितीद्वारा सहयोग रकम प्रदान

  • दिनेश चौधरी
  • १०  २०८१ शनिबार (२ बर्ष अघि)
  • पाठक संख्या १६८

  • कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरीको वडा नम्बर ५ मैनाहा स्थित दशैँको नाच हेरी असोज २१ गते राति ०१ः३० बजेको समयमा घर फर्कने क्रममा बेलौरी नगरपालिका वडा नम्बर ५ बन्तरिया स्थित  जङ्गलको बाटोमा जङ्गली हात्तीको आक्रमणमा परी मृत अवस्थामा शव फेला परेको थियो।

    बेलौरी नगरपालिका अन्तर्गतका ७ वटा सामुदायिक वनले नगद रु ४० हजार ६ सय ५ रूपैयाँ बराबरको सहयोग रकम मृतक चौधरीका बुवा जोगराम चौधरीलाई प्रदान गरिएको कुण्डा सव डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो।

    शोकाकुल परिवारजनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गर्नुभएको थियो।सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग प्रदान गर्ने कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    पछिल्लो केही दिनयता जङ्गली हात्तीको झुण्ड बेलौरी र लालझाडीका बन तथा बस्तीहरूमा घुमिरहेको छन। जङ्गली हात्तीको झुण्डले उखु तथा केराबारीमा क्षति गरिरहेको किसानहरूको दुखेसो छ ।

    उक्त स्थानका बासिन्दाहरूमा त्रास बढेको छ भने हात्ती बस्तीमा पसेमा भगाउनका लागि रातभर जाग्राम समेत बस्नु परेको स्थानीय बासिन्दाको भनाइ छ। कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख यादवले वन क्षेत्र जङ्गली हात्ति आएको थाहा पाएपछि बन क्षेत्रमा हिँडडुल गर्दा सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस