बेलौरी,कञ्चनपुर-
कञ्चनपुरको बेलौरीमा श्री रामचन्द्र भगवानको जीवन कथामा आधारित रामलीला भव्यताका साथ सम्पन्न भएको छ ।
गत कार्तिक २० गतेदेखि बेलौरीको खुलामञ्चमा जारी रामलीला शनिबार सम्पन्न भएको हो ।
मर्यादा पुरुषोत्तम् भगवान रामचन्द्रको जीवन कथामा आधारित लीला धर्म, संस्कृति एवम् संस्कार संरक्षणका लागी आयोजना गरिएको बेलाैरी साँस्कृतिक तथा रामलीला समिति संयोजक दिनेश बहादुर कुँवरले बताए ।
सुरुवाती चरणमै सफलता पाएकाले रामलीलामा झण्डै एकलाख पचाँसहजार भन्दा बढी भक्तजनहरुले प्रत्यक्ष सहभागीता जनाएको अनुमान गरिएको छ । भने रामलीलालाई विभिन्न सामाजिक सञ्जालबाट पनि देश विदेशका लाखौं श्रद्धालु भक्तजनहरुले दृश्यालाेकन गरेका थिए ।
स्थानीयहरुकाे बाक्लो उपस्थिति रहेको रामलीला ऐतिहासिक रुपमा सु-सम्पन्न भएकाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग एवम् सद्भाव प्रकट गर्नुहुने महानुभावहरु प्रति समितिका संयोजक कुँवरले धन्यवाद व्यक्त गरेका छन् ।
उनले, विशेषगरी समितिका सल्लाहकार एवम् निर्देशक प्रेमसिंह बाेहरा, डा. भुपेन्द्र बिष्ट र गाेपाल गुरुङलाई सम्झिदै साथ सहयोगका लागि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरी र उप प्रमुख जाेगराम चाैधरी प्रति आभार व्यक्त गरेका छन् ।,
भने उता, रामलीला समापन समाराेहका प्रमुख अतिथि एवम् बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरीले रामलीला कार्यक्रम सभ्य-भव्य एवम् शान्तिपूर्ण ढंगले सम्पन्न भएकामा खुसी व्यक्तगर्दै भने,- "यी र यस्तै कार्यक्रमलाई सहयोग गर्न स्थानीय सरकार सधैं यहाँहरुकाे साथमा छ ।,
रामलीलामा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई कलाकारहरुले साभार गर्दै कलात्मक ढंगले प्रस्तुत गरेका थिए । भने, कतिपय कलाकारहरुले दर्शक एवम् भक्तजनहरुकाे मन नै जितेका छन् ।
संस्कृति र संस्कारको रुपमा स्थापित भएको रामलीला झण्डै तीन दशकपछि बेलौरीमा सञ्चालन भएपछि स्थानीय भक्तजनहरुले आयाेजकलाई धन्यवाद दिदैं खुलेर प्रसंसा गरेका गरिरहेका छन् ।
भने, रामलीला सफल पार्न सहयोग गर्नुहुने महानुभावहरुलाई समितिले सम्मान समेत गरेकाे थियो ।