८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon

कञ्चनपुर : रोकिएन जङ्गली हात्तीको आतंक

अझै रोकिएन जङ्गली हात्तीको आतंक

  • दिनेश चौधरी
  • १३ मंसिर २०८१ बिहिबार (३ हप्ता अघि)
  • पाठक संख्या ११०
  • कञ्चनपुर -

    कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क अझै रोकिएको छैन ।  सो पालिकावासीलाई हात्तीको झुन्डले विगत दुई महिनादेखि आतङ्कित पारेको हो । 

    दुई जनाको ज्यानसमेत लिइसकेका जङ्गली हात्तीले कैयौँ स्थानीयको घर भत्काउनुका साथै ५०÷६० बिघा जमिनमा लगाइएको उखु नष्ट गरिसकेका छन् । जङ्गली हात्तीको आतङ्कका कारण दुई महिनादेखि लालझाडीसहित कञ्चनपुरको दक्षिणी क्षेत्रको जनजीवन त्रसित छ । 

    जङ्गली हात्तीले कृषि बालीमा नोक्सान गर्नुका साथै मान्छेको घर भत्काएर आतङ्कित बनाएको लालझाडी गाउँपालिका–४ का वडाध्यक्ष बहादुर रानाले बताए । 

    किसानको खेतमा दिउँसै हात्तीको झुन्ड पुग्ने गरेको छ । खेतमा आएका हात्तीलाई डोजर, ट्याक्टरले स्थानीयले धपाउने गरेका छन् । लालझाडी कोरिडोर र दुधुवा नेसनल पार्कको बिचमा पर्ने लालझाडी गाउँपालिकामा यसवर्ष असोज महिनादेखि जङ्गली हात्तीको आतङ्क सुरु भएको हो । 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस