सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको निर्वाचनमा अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केशव राज जोशी, भरत बहादुर शाह र मीन बहादुर बमको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी परेको थियो । महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी, महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ ।
सचिवमा धनराज साउद भुवनेश्वर प्रसाद बोहरा, शैलेन्द्र रोकायाको उम्मेदवारी पर्दा सचिव समावेशीमा इन्द्रा कुमारी केसी मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा वरुण पनेरु र हर्कबहादुर विक उम्मेदवार बनेका छन्
५ सदस्य रहेको सदस्यमा अर्जुन बहादुर सिंह, आशिष बहादुर सिंह, केशव दत्त भट्ट, कृत बहादुर विष्ट, जनार्दन उपाध्याय, दिनेश बहादुर कठायत पदम बहादुर बोहरा, वासुदेव भट्ट रमेश कुमार केसी लिलाजंग शाही र सुभाष कठायत उम्मेदवार छन् । त्यस बाहेकका महिला सदस्य, दलित सदस्य , जनजाति सदस्य र अपाङ्गता तथा अल्पसङ्ख्या सदस्य ८ जना निर्विरोध भइसकेका छन् । अझै उम्मेदवारी फिर्ता लिने समय भने बाकी छ ।