नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको उम्मेदवारी दर्ता अनुरुप उपाध्यक्षमा युवा पत्रकार रमेश प्रशाद भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
दक्ष अनुभवी एवम् युवा सकृय पत्रकार भट्टले नेपाल पत्रकार महासंघ कञ्चनपुरको उपाध्यक्षमा उम्मेदवारी दिएसंगै चुनावी मैदानमा उनको निकै चर्चा चलेको छ ।
पत्रकार भट्ट नेपाल प्रेस यूनियन आवद्ध भएपनि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
झण्डै डेढ दशकदेखि पत्रकारिता गर्दै आएका भट्टले पेशागत सुरक्षादेखि पत्रकारको हकहितका लागि काम गर्ने प्रण गरेका छन् ।
यस अघि जिल्ला सदस्यमा बहुमतले विजयी भएका भट्ट यस पटक उपाध्यक्षको यात्रामा हाेमिएका हुन् । उनले पत्रकार महासंघ कञ्चनपुरकोे गरिमा बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पत्रकार महासंघको निर्वाचन जिल्ला प्रदेश र केन्द्रमा यहीँ मंसिर २८ गते एकैदिन हुन गइरहेको छ ।