२७  २०८३ शनिबार | 12 Sep 2026 Sat

अर्जुनचौपारी गाउँपालिकाले विपन्न नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य बीमा

पालिकाभित्र बसोबास गर्ने विपन्न नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बीमा

  • चौधरी खबर
  • २  २०८१ मंगलबार (२ बर्ष अघि)
  • पाठक संख्या ३२५
  • स्याङ्जा,

     अर्जुनचौपारी गाउँपालिकाले विपन्न नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । अर्जुनचौपारी गाउँपालिकाको विपन्न नागरिक स्वास्थ्य बिमासम्बन्धी कार्यविधि, २०८१ अनुसार पालिकाभित्र बसोबास गर्ने विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाएको हो । 

    अर्जुनचौपारि गाउँपालिकाका अध्यक्ष  प्रकाश तिवारीले स्वास्थ्य सबैको सम्वेदनशील विषय भएकाले रोग लाग्दा नागरिकको आर्थिक अवस्था कमजोर भएकै कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन पालिकाले निःशुल्क स्वास्थ्य बीमा अगाडि बढाएको बताउनुभयो । पालिकाले स्वास्थ्यको विषयलाई मुख्य प्राथमिकता राख्दै पहिलो चरणमा आर्थिक अवस्था कमजोर भएका अति विपन्न परिवारका लागि बीमा गराउने र भावी दिनमा पालिकाको सबै नागरिकको गर्ने बताउनुभयो । 

    गाउँपालिकाले वडा-वडाबाट पहिचान गरेर आएका नागरिकलाई अति विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिँदा तिनीहरूको उपचारमा सहज हुनेछ । अति विपन्न पहिचान भएकालाई सहजकर्ता तथा स्वास्थ्यकर्मी मार्फत घरमै पुगेर बीमा गरिने छ भने स्वास्थ्य बीमा लाभ के कसरी लिने र कहाँबाट लिने बारेमा जानकारी गराइनेछ । 

    आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई आर्थिक सहयोग, पोषणसम्बन्धी कार्यक्रम, सुत्केरी तथा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदानलगायतका सेवाहरू दिएको स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर नेपालीले बताउनुभयो । गाउँगाउँमा स्वास्थ्य चौकी, टोल–टोलमा स्वास्थ्यकर्मीको अवधारणा अनुरूप प्रत्येक दिन स्वास्थ्यकर्मीको टोली घर–घर पुगी नियमित ज्येष्ठ नागरिकको चेकजाँच पालिकाले  गरेको छ । 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस