४ बैशाख २०८२ बिहिबार | 17 Apr 2025 Thu

पुसे पन्ध्र’ पर्व मनाइँदै

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

  • चौधरी खबर
  • १५ पुष २०८१ सोमबार (४ महिना अघि)
  • पाठक संख्या १४४
  •  

    सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । यो सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो । आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।

    यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ । कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ ।

    आज तरुल खानै पर्ने मान्यताअनुरूप सहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ भने ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको र जङ्गलमा पाइने तरुल उसिनेर खान्छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस