४ बैशाख २०८२ बिहिबार | 17 Apr 2025 Thu

कञ्चनपुर : बेलौरी नगरपालिकाको १४औँ नगर अधिवेशन सम्पन्न

बेलौरी नगरपालिकाको १४औँ नगर अधिवेशन सम्पन्न , केही ऐन पारित

  • दिनेश चौधरी
  •     (३ महिना अघि)
  • पाठक संख्या १५८
  • बेलाैरी, कञ्चनपुर -

    कञ्चनपुरको बेलौरी नगरपालिकाको १४औँ नगर अधिवेशन सम्पन्न भएको छ । मंगलबार बेलौरी नगरको १४औँ अधिवेशन सम्पन्न भएको हो । 

    बेलौरी नगरका प्रवक्ता हर्कबहादुर भुलले हिउँदे अधिवेशनबाट केही ऐन पारित गरिएको बताए । चौधरी खबर संगकाे कुराकानीमा प्रवक्ता भुलले केही ऐन संगै सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १४औं नगर अधिवेशन सम्पन्न भएको बताए ।,

    बेलौरी नगरका प्रमुख एवम् अधिवेशन सभाअध्यक्ष पोतीलाल चौधरीले सभामा प्रस्तुत गरेका ऐन छलफलपछि  सर्वसम्मत पारित गरिएका छन् ।

    चालु आर्थिक वर्ष ०८१/०८२को आर्थिक ऐनलाई संशोधन गर्न बनेको विधेयक, भूमि सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक ०८१, नगर विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन ०७५ लाई संशोधन गर्न बनेको विधेयक, चालु आर्थिक वर्ष शाखा र वडाबाट आएका योजनाहरुमा रकमान्तर गर्ने, बेलौरीको बेरुजु नियमित फट्यौट लगायत बेलौरी ४ काे खुलामञ्चलाई तारबार गरेर व्यवस्थापन गर्ने एजेण्डा समेत पारित गरिएको नगर प्रवक्ता भुलले जनाए ।

    उनले भने, नगर उपप्रमुख जोगराम चौधरीले चालु आर्थिक वर्ष ०८१/८२ को हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

    नगर सभाबाट बेलौरी नगरपालिका ३ का वडाध्यक्ष सिताराम रिजालको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

    बेलौरी नगर प्रमुख पोतीलाल चौधरीले नगर सभाबाट पारिएका गरिएका ऐन कार्यान्वयनका लागि सम्बन्धीत शाखा र वडालाई निर्देशन गर्दै धन्यबाद ज्ञापन गरेका छन् । 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस