४ बैशाख २०८२ बिहिबार | 17 Apr 2025 Thu

कञ्चनपुर : सीमा क्षेत्रका समस्या, सुशासन र वित्तिय अनुशासन विषयक सरोकारवालाहरुसंग खुला सम्वाद सम्पन्न

सीमा क्षेत्रका समस्या, सुशासन र वित्तिय अनुशासन विषयक खुला सम्वाद सम्पन्न

  • दिनेश चौधरी
  • २९ माघ २०८१ मंगलबार (२ महिना अघि)
  • पाठक संख्या १२८
  • बेलाैरी, कञ्चनपुर - 

    कञ्चनपुरका स्थानीय एवम् सरोकारवालाहरुले सीमा सुरक्षामा जोडदिएका छन् । 

    जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारदेखि भीमदत्त नगरपालिका ९ ब्रम्हदेबसम्म भारतीय पक्षबाट ठाँउ ठाँउमा भईरहेको सीमा अतिक्रमण, हस्तक्षेप रोक्नुपर्नेमा जोडदिएका छन् । उनीहरुले सीमा सुरक्षाका लागि तीन तहका सरकार जिम्मेबार बन्नुपर्नेमा जोडदिएका हुन् । 

    मंगलबार बेलौरी नगरपालिकामा सुदूरपश्चिम प्रदेश नीति तथा अनुसन्धान प्रतिष्ठानको सहकार्यमा अनुभवी सञ्चार गृह धनगढीले आयोजना गरेको सीमा क्षेत्रका समस्या, सुशासन र वित्तिय अनुशासनमा असर बारे सरोकारवालाहरुसंग सम्वाद कार्यक्रममा स्थानीयले सीमा सुरक्षामा जोडदिएका थिए । 

    बेलाैरीका स्थानीयले काँग्रेंस एमाले नेतृत्वको सरकार भएपनि क्षेत्रमा सीमा अतिक्रमण रोक्न नसकिएको चिन्ता व्यक्त गरेका छन् । 

    कार्यक्रममा अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक समेत रहेका पल्लबराज भट्टले ‘सीमा क्षेत्रका समस्या, सुशासन र वित्तिय अनुशासनमा यसको असर’ विषयक कार्यपत्र प्रंस्तुत गर्दै सुदूरको कैलाली, कञ्चनपुरदेखि दार्चुलासम्मै भारतीय पक्षबाट सीमा अतिक्रमण भएको दावी गरे । 

    उनलेे स्ट्रीप नक्साकै कारण भारतीय पक्षबाट सीमा अतिक्रमण भईरहेको बताएका छन् । 
    सीमा अतिक्रमण रोक्नका लागि तीनै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्दै जानुपर्ने कुरा उनलेे जाेडदिएका छन् ।
     
    बेलडाँडी गाँउपालिका ३ का वडाध्यक्ष समेत रहेका सीमावर्ती स्थानीय दुर्गा प्रशाद चौधरीले भारतीय पक्षबाट बेलडाँडीमा समेत दर्तावाला जमिनमै पिलर गाडेर हटाउन दवाव दिईरहेको दुखेसो पोख्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए । 

    कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले आफूले सीमा अतिक्रमण रोक्न व्यक्तिगतदेखि संस्थागत पहल गरिरको बताए । उनले सहभागीहरुकाे चासाे गुनासो एवम् साझा सवाललाई समेत सम्बाेधन गरेका थिए ।

    भने अर्कोतर्फ सीमावर्ती क्षेत्रका स्थानीय तहका प्रमुख बेलौरी नगरका प्रमुख पोतीलाल चौधरी, पुनर्वासका प्रमुख तोयप्रशाद शर्मा र दोधाराचाँदनीका प्रमुख किशोर कुमार लिम्बुले बषौँदेखि कञ्चनपुरको सीमा विवाद संघीय सरकारले भारतसंग कुटनैतिक पहल गरेर समाधानमा जोडदिएका छन् । 

    मेयरत्रय शर्मा, चौधरी र लिम्बुले आफुहरु आ–आफ्नो तहबाट सीमा सुरक्षाका लागि भूमिका निर्वाह गर्दै आइरहेएको बताए । 

    अनुभवी सञ्चार गृहका पत्रकार हरि जोशीले संचालन गर्नु भएको कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी जनप्रतिनिधी एवम्  सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस