४ बैशाख २०८२ बिहिबार | 17 Apr 2025 Thu

कञ्चनपुर : भूमी समस्या समाधान आयोग कञ्चनपुरले पूर्णता पायो अब काम अघि बढ्छ : अध्यक्ष पन्त

भूमी समस्या समाधान आयोग कञ्चनपुरले पूर्णता पायो

  • चौधरी खबर
  • १ फागुन २०८१ बिहिबार (२ महिना अघि)
  • पाठक संख्या ११४
  • कञ्चनपुर :- भूमी समस्या समाधान आयोग कञ्चनपुरले पूर्णता पाएको छ । यस अघि अध्यक्ष मात्रै नियुक्त गरिएको थियो, अहिले आयोगका विज्ञ सहितका सदस्य नियुक्त गरेसंगै जिल्लाले पूर्णता पाएको हो । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुरुवातमै जिल्ला अध्यक्ष नेत्र प्रकास पन्तलाई नियुक्त गरेको थियो, त्यसपछि विज्ञ सदस्यमा दिल बहादुर सिजाली, सदस्यमा दिल बहादुर देउवा र महिला सदस्यमा कल्पना चौधरीलाई नियुक्त गरेको छ । अध्यक्ष पन्त र सदस्य चौधरी नेकपा एमालेबाट, विज्ञ सदस्य सिजाली र सदस्य देउवा काँग्रेसबाट नियुक्त भएका हुन । दोधाराचाँदनी नगरपालिका ६का पुर्व वडाध्यक्ष समेत रहेका सिजालीलाई यस पटक भूमि विज्ञ सदस्यको जिम्मेबारी पाईएको छ । यस अघि पनि सदस्य रहेका देउवा पुन दोहोरिएका छन । 

    बिहीबार जिल्लामा विज्ञ सदस्य सिजाली, सदस्यद्वय देउवा र चौधरीले समेत पदभार सम्हालेका छन । पद्भाव सम्हाल्दै सदस्य त्रयले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन । विज्ञ सदस्य दिल बहादुर सिजालीले आफुमा रहेका विज्ञता फिल्डमा कार्यान्वयन गर्दै जनतालाई जमिनको मालिक बनाउने संकल्प गरेका छन । 

    दुई पटक सदस्यमै जिम्मेबारी पाएका दिल बहादुर देउवाले पहिलेको अनुभवलाई दोस्रो कार्यकालमा समेत कार्यान्वयन गरेर घर घरमै पुगेर लालपुर्जा दिने सकल्प गरेका छन । महिला सदस्य समेत रहेकी कल्पना चौधरीले भूमि अधिकारबाट बञ्चित जनतालाई अधिकार दिलाउने बताईन । 

    भूमि आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकास पन्तले आयोगले पूर्णता पाएसंगै कामकाज अघि बढाएर यही आयोगलाई अन्तिम बनाएर जनताको काम फत्ते सक्ने बताए ।अध्यक्ष पन्तले विगतका आयोगले गरेका कामको स्वामित्व ग्रहण गर्दै तिव्रत्तर रुपमा भूमि सम्बन्धीका समस्या समाधान तर्फ अघि बढिने बताए । 

    कार्यक्तमका प्रमुख अथिति समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले अब जिल्लामा भूमि आयोगले पूर्णता पाएसंगै युद्धस्तरमा जनताको समस्या समाधान तर्फ केन्द्रीत हुन आब्हान गरेका छन । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधी सहितका सरोकारवाला सहभागि भएका थिए । यस अघिका आयोगले लालपुर्जा वितरणदेखि फारम संकलन गरेका थिए । अव्यवस्थित बसोबासी, भूमिहिन दलित र भूमिहिन सुकुमबासी गरेर झण्डै ६० हजार हाराहारीमा फारम भरेका थिए । आयोग बनेसंगै फेरी जनता लालपुर्जा पाउने आशावादी भएका छन । तर, आयोग बन्ने सरकार परिर्वतन हुँदा लालपुर्जा पाउने आशमा रहेका जनता सरकार ढल्दा निरास हुने गरेका पनि छन ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस