४ बैशाख २०८२ बिहिबार | 17 Apr 2025 Thu

कञ्चनपुर : नेपाल शिक्षक महासंघ बेलाैरी नगर समितिद्वारा खबरदारी

नेपाल शिक्षक महासंघ बेलाैरी नगर समितिद्वारा खबरदारी

  • दिनेश चौधरी
  • ६ फागुन २०८१ मंगलबार (२ महिना अघि)
  • पाठक संख्या १२०
  •  

    बेलाैरी, कञ्चनपुर - 

    नेपाल शिक्षक महासंघ बेलाैरी नगर समितिले हातमा कालोपट्टी बाँधेर खबरदारी सभा गरेको छ ।

    मंगलबार शिक्षक महासंघकाे राष्ट्रिय आन्दोलनका कार्यक्रम अन्तर्गत बेलौरी पालिकामा पनि शिक्षकहरुले हातमा कालाेपट्टी बाँधी खबरदारी गरेका हुन् । 

    शिक्षक महासंघ बेलौरी नगर समिति अध्यक्ष प्रेम अधिकारीकाे संयोजकत्वमा खबरदारी जुलुस गरिएकाे शिक्षक सुरेन्द्र बाेहराले जानकारी दिए । 

    शिक्षक संघ बेलाैरी नगर सभापति समेत रहेका बाेहराले - 

    स्थानीय शिक्षकहरुद्वारा हातमा कालोपट्टी बाँधेर खबरदारी गर्दै बेलौरी नगर उपप्रमुख जोगराम चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएकाे बताए ।

    सरकारले पटक-पटक शिक्षक कर्मचारी संग गरेका सहमति समेटेर तत्काल नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यका साथ महासंघले देशैभर विभिन्न आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।

    यस्तै, सरकारले पछिल्ला सहमति अनुरुप नयाँ शिक्षा ऐन जारी नगरे शिक्षक कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिने  चेतावनी समेत दिएका छन् । 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस