१८  २०८३ बिहिबार | 03 Sep 2026 Thu

कञ्चनपुर : बेलौरी नगरपालिकाका १५ विपन्न परिवारलाई घर हस्तान्तरण

नगरपालिकाको वडा नं ९ र १० का अतिविपन्न परिवारलाई १५ घर हस्तान्तरण

  • दिनेश चौधरी
  • १५  २०८१ बिहिबार (२ बर्ष अघि)
  • पाठक संख्या २४७
  • कञ्चनपुरको बेलौरी नगरपालिकाका १५ विपन्न परिवारलाई घर हस्तान्तरण गरिएकाे छ। नगरपालिकाको वडा नं ९ र १० का अतिविपन्न परिवारलाई घर हस्तान्तरण गरिएको हो।

    चालू आर्थिक वर्ष ०८१/८२ मा नगरप्रमुख सुरक्षित आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले अर्धपक्की घर निर्माण गरेको थियो। नगरपालिकाले सुरक्षित आवास निड्स नेपालसँगको संयुक्त साझेदारीमा आवास निर्माण गरेको हो।

    बेलौरी नगरपालिका रतनपुरका १० र भुडाका ५ विपन्न परिवारलाई बिहीबार एक कार्यक्रमबिच घर हस्तान्तरण गरिएको छ। नगरप्रमुख पोतीलाल चौधरीका अनुसार नगरपालिकाको तीन लाख र निड्स नेपालको दुई लाख रुपैयाँ लगानीमा दुई कोठा भएका घर निर्माण गरिएको हो।

    उनका अनुसार विपद्को उच्च जोखिममा परेका, आदिवासी जनजाति, थारू दलितसहित विपन्न परिवारका लागि घरनिर्माण गरिएका छन्। अब बेलौरी– ५, ६, ७ र ८ का विपन्न समुदायका लागि घरनिर्माण गरिने मेयर चौधरीको भनाइ छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस