१३  २०८३ बुधबार | 29 Jul 2026 Wed

कञ्चनपुर : बेलडाँडी गाउँपालिकाले १५ लाखको खाना खायो

२ करोड ६८ लाख ९१ हजार बेरुजु

  • चौधरी खबर
  • ३०  २०८२ शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या २८३
  • बेलडाँडी, कञ्चनपुर -

    कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ काे ‘विविध खर्च’ शीर्षक अन्तर्गत खाना खाजामा रु. १५ लाख रुपैयाँ खर्च गरेको छ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ अनुसार प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गरेअनुसार बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यक्षमता र औचित्य कायम गर्नुपर्ने व्यवस्था रहेको छ।

    तर, बेलडाँडी गाउँपालिकाले खाना, खाजामा मात्रै १५ लाख खर्च गरेको महालेखा परीक्षणकाे प्रतिवेदनमा उल्लेख छ। सभा सञ्चालन र अन्य विविध प्रयोजनका लागि यो रकम खर्च गरेको पाइएको छ।

    भने उक्त पालिकाकाे बेरुजु रकम २ कराेड ६८ लाख ९१ हजार रहेको सार्वजनिक गरिएको छ।

    खर्चको औचित्य सुनिश्चित गर्न तथा आन्तरिक आम्दानीको अनुपातसँग तादात्म्यता मिलाउन विविध खर्च शीर्षकलाई वस्तुगत मापदण्डमा आधारित बनाउँदै मितव्ययिता कायम गर्नुपर्नेमा पालिकाको ध्यान जानुपर्ने महालेखाले सुझाएकाे छ।

    गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहे पनि यस्तो खर्च पारदर्शिता र परिणाममुखी बनाउनु आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।

    भविष्यमा यस्ता खर्चहरू विश्लेषणात्मक रिपोर्टसहित सार्वजनिक गर्नुपर्ने स्थानीय माग गरेका छन्। 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस