१५  २०८३ शुक्रबार | 31 Jul 2026 Fri

कञ्चनपुर : मृत भेटिएका पुरुषको पहिचान खुल्यो

पुनर्वासमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

  • चौधरी खबर
  • ३१  २०८२ शनिबार (१ बर्ष अघि)
  • पाठक संख्या २८०
  • पुर्नवास, कञ्चनपुर –

    कञ्चनपुरको पुनर्वासमा शनिबार मृत भेटिएका पुरुषको पहिचान खुलेको छ।

    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार हुलाकी सडक छेउमा मृत भेटिएका व्यक्ति पुनर्वास नगरपालिका–२ का ४५ वर्षीय सूर्य दमाई हुन्।

    शनिबार साँझ करिब ५ बजे तिर सडक किनारमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    त्रिभुवनबस्ती प्रहरी निरीक्षक महेशविक्रम शाहीले भने, ‘‘मृतकले मदिरा सेवन गरेका रहेछन्।’’ उनले थपे, ‘‘यद्यपि घटनाको थप अनुसन्धान भइरहेको छ। यतिबेला शवलाई पोस्टमार्टमका लागि लगिएको छ।’’ 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस