८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon

अमेरिकी बजारमा परेको आर्थिक प्रभावले घट्यो सुनको मूल्य

  • चौधरी खबर
  • ५ फागुन २०८० शनिबार (१० महिना अघि)
  • पाठक संख्या १७९
  • काठमाडाै- अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावसँगै सुनको मूल्य घटेको छ । यो साता विश्व बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । 

    नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा उतार चढाव देखिएको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख १ हजार १ सय ६५ रुपैयाँ रहेको सुनको मुल्य साताको तेस्रो दिन १ लाख २ हजार ३ सय ६५ पुगेको थियो ।

    त्यसपछिका दिनमा पनि केही घटेको सुनको मूल्य शुक्रबार भने केही बढेर १ लाख ३ सय ६५ रुपैयाँ कायम भयो । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ७ सय ७० रुपैयाँले कम हो । 

    यो साता नेपाली बजारमा चाँदीको मूल्य भने बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार १ सय ९६ रुपैयाँ रहेको चाँदीको मूल्य साताको तेस्रो दिन बढेर १ हजार २ सय १३ रुपैयाँ पुगी चौथो र पाँचौं दिन सामान्य घटेर अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ९ रुपैयाँ कायम भयो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस