बेलौरी, कञ्चनपुर -
बिहीबार ईलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट भन्सार छ्ली भित्र्याउन खाेजेका अवैध माछा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्तीटाेली बेलाैरी १ मटैया नाकाबाट प्रतिबन्धित माछा बरामद गरी नष्ट गरेको प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए ।
चाैधरी खबर संगकाे कुराकानीमा प्रहरी निरीक्षक जैशीले भने - "करिब १७ हजार ५ सय बराबरका ५० केजी प्रतिबन्धित माछा बरामद गरी स्थानीय सराेकारवालाहरुको रोहबरमा नष्ट गरिएको छ ।,
खुला सीमामा हुने चाेरी तस्करी एवम् अबैध क्रियाकलापहरुमा विशेष निगरानी बढाएको बेलौरी प्रहरी पछिल्लो समय साना-ठुला सबैमाछा जालमा पर्ने ढंगले अघि बढिरहेको दावी गर्छ ।
भनेयता, बेलाैरीमा प्रहरी निरीक्षक जैशी आएदेखि तस्कर एवम् अवैध काराेवारीहरुकाे रुवाबासी नै चलेको स्थानीयहरुकाे बुझाइ छ ।