२७  २०८३ शनिबार | 12 Sep 2026 Sat

नेता विष्टकाे अथक प्रयास : महाकाली बहुमुखी क्याम्पस बेलाैरीलाई बस

रेडियो सुदूर सञ्चार संगकाे टेलिफोन कुराकानीमा उनले भने - क्याम्पस सञ्चालक समिति अध्यक्ष समेत रहेका हरेन्द्र सिंह विष्ट (हाेसियार) सरकाे अथक प्रयासमा हामीले ३४ सिट क्षमता भएको बस पाएका छाैं

नेता विष्ट
  • चौधरी खबर
  • २  २०८१ आईतबार (२ बर्ष अघि)
  • पाठक संख्या ११५३
  • चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर -

    नेपाली काँग्रेसका युवानेता हरेन्द्र सिंह विष्टकाे प्रयासमा महाकाली बहुमुखी क्याम्पसलाई बस हस्तान्तरण गरिएको छ ।
    आइतबार भारतीय राजदुतावासले संघीय राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महाकाली बहुमुखी क्याम्पस बेलाैरीलाई १ थान बस हस्तान्तरण गरेको क्याम्पस प्रमुख धर्मराज जाेशीले बताए ।

    रेडियो सुदूर सञ्चार संगकाे टेलिफोन कुराकानीमा उनले भने - क्याम्पस सञ्चालक समिति अध्यक्ष समेत रहेका हरेन्द्र सिंह विष्ट (हाेसियार) सरकाे अथक प्रयासमा हामीले ३४ सिट क्षमता भएको बस पाएका छाैं ।, बस अहिले काठमाडौंबाट हिड्याे भाेली(साेमबार) बेलाैरी आइपुग्छ ।,

    यता, क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्टले "विद्यार्थीकाे कष्टकर र जाेखिमपूर्ण यात्रालाई मध्यनजर गर्दै क्षेत्रमा बस सञ्चालन गर्ने प्रयास पूरा भएको बताए । यसका लागि पूर्वमन्त्री रमेश लेखकलाई धन्यवाद दिन चाहन्छु ।,

    महाकाली बहुमुखी क्याम्पसलाई उच्च शिक्षाको हव बनाउन निरन्तर लागि परेका विष्ट विगत लामो समयदेखि समाजसेवामा आबद्ध छन् ।


    भने उता, भारतीय राजदुतावासले नेपाललाई ६६ बस र ३५ एम्बुलेन्स गरी जम्मा १ सय १ सवारीसाधन सहयोग गरेको जनाइएको छ । 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस