७ पुष २०८१ आईतबार | 22 Dec 2024 Sun

कृषिमा 'लगानीको दशक' घोषणा

सरकारले कृषिमा लगानीको दशक घोषणा

  • चौधरी खबर
  • १ जेठ २०८१ मंगलबार (७ महिना अघि)
  • पाठक संख्या १९६
  • सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई जोड दिने भन्दै कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताएका हुन् ।

    कृषि, पशु र वनको अन्तरसम्बन्ध स्पष्ट हुने गरी भूउपयोगमा आधारित कृषि प्रणाली विकास गर्ने सरकारले घोषणा गरेको हो ।

    प्रमुख खाद्यान्न बाली र तरकारीमा आत्मनिर्भर हुने गरी कार्यक्रम पुनर्संरचना गर्ने सरकारले घोषणा गरेको छ । कृषियोग्य भूमिको संरक्षण गर्नै भन्दै सरकारले चक्लाबन्दी योजना सुनाएको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस