नेकपा माओवादी केन्द्र बेलाैरी नगरपालिका वडा नम्बर ४ काे अध्यक्षमा कैलाश सिंह विष्टलाई चयन गरिएको छ ।
माओवादी केन्द्रकाे दाेस्राे वडा सम्मेलनबाट विष्टलाई अध्यक्षमा चयन गरिएको नेकपा माओवादी केन्द्र बेलाैरी नगर उपाध्यक्ष रामेश्वर न्याैपानेले बताए ।
उनलेे भने -" विष्टकाे अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरिएको छ । सचिवमा गाेविन्द राना, सह-सचिव राजेश भट्ट, उपाध्यक्ष सुनिता चाैधरी, काेषाध्यक्षमा शारदा सुनारलाई चयन गरिएको हाे ।,
यस्तै, सदस्यहरुमा रज्निस भण्डारी, रामसिंह वुडाल, गाेविन्द जैशी, सुनिता राना, कल्पना (चाैधरी) राना, भगवत जैशी, सुमावती राना, दुखनी राना, सुमिना राना र मायाराम राना रहेका छन् ।
आइतबार रामकिशन रानाको अध्यक्षता गरिएको वडा सम्मेलनमा नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटी सदस्य दीपा चौधरीको प्रमुख आतिथ्य रहेको थियोे ।
भने कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य एवम् खानेपानी विभाग प्रमुख अमरसिंह चौधरी, प्रदेश सचिवालय सदस्य एवम् बेलौरी नगर प्रमुख पोतीलाल चौधरी, प्रदेश सदस्य एवम् बेलाैरी नगर प्रवक्ता हर्क बहदुर भुल, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति सचिव क.सहविर सुनार, क.सुन्दर चाैधरी, नन्दु राना, बिष्णु जैशी, मनोहर राना, शेर बहादुर राना, लाल बहादुर चौधरी, धाैलसिंह जाग्री लगायतका नेताहरुकाे उपस्थिति रहेको न्याैपानेले जनाए ।
माथिकाे निर्देशन अनुसार नेकपा माओवादी केन्द्र बेलाैरी पछिल्लो समय तिब्रताका साथ दाेस्राे वडा सम्मेलनमा जुटेसंगै बेलाैरीका १० वटै वडाकाे कमिटी गठन गरिएको छ । भने साेमबारदेखि सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम भइरहेको नगर अध्यक्ष लालबहादुर चाैधरीले बताए ।
अध्यक्ष चाैधरीका अनुसार यहीँ मंसिर २९/३० गते बेलाैरी नगर सम्मेलन गरिने छ ।