कञ्चनपुरको लालझाडी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
श्री नम्बर २५ बाहिनी अड्डा अन्तर्गत श्री रुद्रध्वज गण र श्रीदल गुल्मको संयोजकत्वमा लालझाडी गाउँपालिका–२, शंकरपुर स्थित भानु उच्च माध्यामिक बिद्यालयमा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा थेरापी, छाला तथा यौन रोग सम्बन्धी,अर्थो ओपिडि,अल्ट्रासाउण्ड÷भिडियो एक्सरे सम्बन्धी,दाँत सम्बन्धी,स्त्री रोग सम्बन्धी,बाल रोग सम्बन्धी, नाक,कान,घाँटी सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध हुने लालझाडी गाउँपालिका अध्यक्षका स्वकिय सचिव अमर सिँह धामीले जानकारी दिए ।त्यस्तै, मानसिक तनावका कारण पिडित भएकाहरुका लागि मनोवैज्ञानिक परामर्श चैत महिनामा छुट्टै सञ्चालन गरिने जनाएको छ ।