८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon

नेपाली विद्यार्थीले जिते तीन अवार्ड

दुबईको काेडिङ प्रतियोगितामा नेपाली विद्यार्थीले जिते तीन अवार्ड

  • चौधरी खबर
  • ३० बैशाख २०८१ आईतबार (७ महिना अघि)
  • पाठक संख्या १९५
  • ४ र ५ मेमा दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीले तीन अवार्ड जितेका छन् ।

    १८ देशका प्रतियोगीको सहभागिता रहेको प्रतिस्पर्धामा नेपाली विद्यार्थीले उत्कृष्ट प्रद्धर्शन गर्दै तीन महत्त्वपूर्ण अवार्ड जितेका हुन् ।

    निमा एजुकेसन फाउन्डेसन र प्रतिष्ठित कोडेभर ५.० कोडिङ प्रतियोगिताको आयोजक स्टिभ पिडियाबीचको समन्वयमा नेपाली विद्यार्थी दुबई पुगेका थिए ।

    दुबईमा एसिया प्यासिफिक स्कुलका एग्रोस्फेयर परियोजनाका लागि अभिमोड उप्रेती, लिअम पराजुली र आदित्य श्रीवास्तव सहभागी भएका थिए । उनीहरूले प्रतिस्पर्धामा आउट अफ द बक्स आइडिया अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

    यस्तै डिअरवाक सिफल स्कुलको गफजिपिटी परियोजनाका दीक्षान्त पाण्डेले सस्टेनिबिलिटी एण्ड लाइब्लिहुड अवार्ड जितेका छन् ।

    त्यस्तैगरी रिलायन्स पब्लिक स्कुलको एआई रोबो सिटी च्यालेन्ज परियोजनाका ऋषव लामिछाने, निश्चल अर्याल र स्वस्तिक मिश्रले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

    गत फेब्रुअरीमा भएको राष्ट्रिय प्रतियोगिताबाट नेपालको प्रतिनिधित्व गर्ने परियोजनाहरू छनोट गरिएको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस