१०  २०८३ सोमबार | 26 Oct 2026 Mon

महिलालाई सखिया नाचको तालिम

थारु महिलालाई सखिया नाचको तालिम प्रदान

  • दिनेश चौधरी
  • ३१  २०८१ सोमबार (२ बर्ष अघि)
  • पाठक संख्या ३२९
  • कैलालीको नुक्लिपुरका थारु महिलालाई सखिया नाचको तालिम प्रदान गरिएको छ। 

    सखिया नाच सिकाउने र संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश प्रज्ञा प्रतिष्ठानको आयोजना र नुक्लिपुर सामुदायिक होमस्टेको व्यवस्थापनमा १५ दिने सखिया नाच तालिम प्रदान गरिएको हो। पछिल्लो समय आधुनिक नाचगानको प्रभावका कारण मौलिक नृत्यहरू संरक्षणमा चुनौती देखिएको छ। 

    तालिम समापनको अवसरमा प्रमुख अतिथिसमेत रहनू भएका सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री कैलाश चौधरीले सङ्घीयता जोगाउनका लागि विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भाषा, संस्कृति संरक्षणमा प्रदेश सरकार लागि परेको उल्लेख गर्नुभयो। 

    “अहिले आधुनिकतासँगै हामी आफ्नो मौलिक कला, संस्कृति बिर्सिदैं गएका छौँ”, उहाँले भन्नुभयो,“यस्तो अवस्थामा संरक्षणका लागि काम भइरहेको छ। त्यसै अन्तर्गत यो तालिम भएको हो।”

    उहाँले मौलिक कला, संस्कृति, नाचगान बचाउनका लागि थारु समुदायका कलाकारहरूले पनि ठुलो भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। 

    प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान मौलिक लोकला, बाजागाजा, साहित्य लगायतको खोज, अनुसन्धान र संरक्षणमा जुटेको बताउनुभयो। मौलिक लोकला, साहित्यको संरक्षणका लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। तालिम समापन कार्यक्रममा सखिया नाच समूहलाई मादल पनि हस्तान्तरण गरिएको छ।

      

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस