९  २०८३ आईतबार | 25 Oct 2026 Sun

कञ्चनपुर : बेलौरी नगरपालिकाले थारु समुदायको भलमन्सा ऐन पारित

बेलौरी नगरपालिकाले थारु समुदायको भलमन्सा ऐन पारित

  • दिनेश चौधरी
  • २९  २०८१ सोमबार (२ बर्ष अघि)
  • पाठक संख्या ३३३
  •  

    बेलाैरी, कञ्चनपुर -

    स्थानीय सरकार बेलाैरी नगरपालिकाले थारु समुदायको भलमन्सा ऐन पारित गरेको छ । 

    नगरका थारु समुदायको हक र अधिकार सुनिश्चित गर्नका निमित्त स्थानीय सरकारले  भलमन्सा ऐन ०८१ पारित गरेकाे हाे । 

    ऐन पारित भएको खुसियाली संगै बेलाैरीकाे खुलामञ्चमा जारी समुदायको माघ म्याला ०८१ सम्पन्न भएको छ ।

    बेलाैरी नगर भलमन्सा समितिको आयाेजनामा   सञ्चालित ३ दिने मेला आइतबार भव्यताका साथ सम्पन्न भएको नगर भलमन्सा समिति अध्यक्ष अमर सिंह चाैधरीले बताए ।

    हमार संस्कृति हमार सान, थारु भाषा बचैना हमार अभियान भन्ने मूल नाराका साथ सञ्चालित म्यालामा भलमन्सा ऐन पारित गरेकाे खुसियाली समेत मनाइएको अध्यक्ष चाैधरीले जनाए । 

    उनलेे भने, मेला संस्कृति पहिचान र एकताको संकेत हाे, थारु समुदायको भलमन्सा ऐन पारित गर्ने स्थानीय सरकारलाई धेरै धेरै धन्यवाद ।,

    यस्तै, म्याला समापन समारोहका प्रमुख अतिथि एवम् बेलाैरी नगरका मेयर पाेतीलाल चाैधरीले धेरै संघर्षका बाबजुद भलमन्सा ऐन पारित गरेको बताए ।

    पिछडिएका थारु समुदायको हक अधिकार सुनिश्चित गर्नका लागि आफूले नगर भलमन्सा ऐन ०८१ पारित गरेको जनाए ।, 

    जसमा थारु समुदायको सम्पूर्ण अधिकार काेरिएकाे छ मेयर चाैधरीले भने, - मैले चुनावमा गरेका बाचा प्रतिबद्धता मध्ये भलमन्सा ऐन पनि एक हाे जुन आज कानूनी मान्यता दिदैं पूरा गरेको छु ।, 

    यस्तै भलमन्साहरुको वर्षाै देखिकाे सपना पनि साकार भएको छ ।, यसका लागि सबैलाई बधाई तथा माघीकाे शुभकामना समेत व्यक्त गर्दछु ।,

    यस्तै मेला आयाेजक नगर भलमन्सा समितिले थारु समुदायका निर्वाचित जनप्रतिनिधि, डाक्टर, शिक्षक प्राध्यापक एवम् स्थानीय नगरका ९८ जना भलमन्साहरुलाई सम्मान गरेको छ ।, 

    हजारौं दर्शकहरुले अवलोकन गरेकाे मेलामा स्थानीयदेखि राष्ट्रिय स्तर सम्मका थारु कलाकारकाे बेजोड प्रस्तुति रहेको थियाे । 

    आयाेजकले मेलालाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस