४ बैशाख २०८२ बिहिबार | 17 Apr 2025 Thu

कैलाली : गोदावरी नगरपालिकास्थित मजगाउँमा माघ महोत्सव हुने

कैलालीको गोदावरी नगरपालिकास्थित मजगाउँमा माघ महोत्सव आयोजना हुने

  • दिनेश चौधरी
  • १० माघ २०८१ बिहिबार (३ महिना अघि)
  • पाठक संख्या १५१
  •  

    कैलालीको गोदावरी नगरपालिकास्थित मजगाउँमा माघ महोत्सव आयोजना हुने भएको छ । 

    थारू समुदायको हराउँदै गएको लोककला, रीति संस्कृति संरक्षण सम्वर्धन गर्ने तथा पहिचान बचाउने उद्देश्यले माघ महोत्सव आयोजना गर्न लागिएको हो । थारू कल्याणकारिणी सभा गोदावरी नगर समिति, बरघर भलमन्सा नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यू खुटिया चारपाटे युवा क्लबको सहकार्यमा महोत्सव आयोजना गर्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

    माघ १२ देखि १४ गतेसम्म आयोजना हुने महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । 

    महोत्सवमा थारू खानपान, थारू कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, पिङ, चर्खा तथा अन्य रमाइलो मेला मुख्य आकर्षण रहने थारू कल्याणकारिणी सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीले बताउनुभयो । “थारू समुदायको पहिचानसँग जोडिएका लोककला, रीतिसंस्कृति, गीतबास, रीतिरिवाज, चालचलन, बोलीभाषा, लवाईखवाई दिनप्रति दिन हराउँदै गइरहेको छ । त्यसलाई संरक्षण सम्वर्धनका लागि महोत्सव आयोजना गर्न लागेका हौं”, उहाँले भन्नुभयो । 

    महोत्सवमार्फत सो क्षेत्रको कृषि पर्यटनलाईसमेत उजागर गर्ने थारू कल्याणकारिणी सभा कैलालीका पूर्व उपसभापति माधव चौधरीले बताउनुभयो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस